आज २०८० साल माघ ८ गते सोमबारको राशिफल

  • माघ ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । आज २०८० साल माघ ८ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २२ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । अन्य सबै क्षेत्र सबल छन् ।

वृष : दिन रमाइलो हुनेछ । परिवारबाट साथ र सहयोग रहने छ । बजारको तयारी खानाबाट टाढा रहनुपर्छ । बजारको खानपानले स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

मिथुन : दिन सामान्य राम्रो छ । शिक्षा र आर्थिक क्षेत्र सबल छन् । सामाजिक क्षेत्रमा प्रतिस्पर्धा गर्ने धेरै हुँदा सचेत हुनु राम्रो हुन्छ । परिवारको विश्वास जित्न नसक्दा अप्ठेरो पर्नसक्छ ।

कर्कट : दिन राम्रो छ । मान सम्मान प्राप्त हुने योग रहेको छ । पुरानो रोगले छोड्ने छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

 सिंह : दिन राम्रो छ । आर्थिक र सामाजिक क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुनेछ । स्वास्थ्य र शिक्षामा खर्च बढ्नेछ । परिवारको विश्वास गर्दा घाटा हुने योग रहेको छ । प्रेममा धोखा हुनेछ ।

कन्या : दिन राम्रो छ । हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ । विदेश जाने तयारीमा हुनुुहुन्छ भने सचेत हुनुपर्छ । यो क्षेत्रमा ठगको फन्दामा पर्ने खतरा छ । परिवारको साथ र सहयोगका कारण दिन रमाइलो हुनेछ ।

तुला : समय राम्रो छ । शिक्षा र रोजगारीमा फाइदा हुनेछ । राज्यको सेवा सहजै प्राप्त हुनेछ । हिम्मत गरेमा आँटेको काम बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सामान्य छ । झुटा आरोप लगाएर हाँस्नेहरु धेरै देखिन्छन् । बिहान सूर्यको दर्शन गरेर कामको सुरुवात गरेमा दिन सफल हुनेछ । समस्या साथीसँग भन्नुभयो भने दिन सहज बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ ।

धनु : दिन राम्रो छ । बजार, तीर्थ वा यात्रामा निस्कने योग छ । साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धमा ख्याल गर्नु राम्रो हुन्छ । सोचेर मात्र बोल्नु राम्रो हुन्छ ।

मकर : अचानक धन खर्च हुने योग रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । परिवारको साथ प्राप्त हुनेछ ।

कुम्भ : समय सामान्य छ । ग्रहले साथ दिएको देखिँदैन । शनिदेवको छाया रहेकाले पाथिभराको भजन वा दर्शन गरेमा दोष मुक्त हुनेछ । आफ्नै परिवारबाट आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ ।

मीन : समय राम्रो छ । धर्ममा धन खर्च गर्ने योग रहेको छ । बोलीको प्रभावले चर्चा पाउने देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved