२०४९ सालमै प्रख्यात ज्योतिष जोशीले गरेका थिए अयोध्यामा मस्जित होइन मन्दिर बन्ने भविष्यवाणी

  • माघ ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटन भइरहँदा नेपालका स्वर्गीय प्रख्यात ज्योतिष प. वंशीधर जोशी (अटल) पुनः एकाएक चर्चामा आए ।  चर्चामा नआउन पनि कसरी ? उनको भविस्यवाणी नै जो यस्तै थियो ।

विस १९८७ कार्तिकमा बैतडीको रिम आडमा जन्मिएका जोशीले अयोध्यामा मस्जिद बन्न सक्दैन भनेर पहिले नै भविष्यवाणी गरेका थिए । कञ्चनपुर को महेन्द्रनगर भासीमा बस्दै आएका ज्योतिष प. जोशीले भविस्यवाणी गर्दा अयोध्यामा हिन्दु र मुस्लिमबीच युद्द चर्केको अवस्था थियो ।

विस २०५४ माघ २४ गते निधन भएका जोशीले १५ पुस २०४९ मा भविष्यवाणी गरेका हुन । जुन खबरहरु तत्कालीन समयमा भारतीय संचार माध्यममा मुुुख्य खवर बनेका थिए ।

भगवान रामको जन्मभूमि मान्दै आएको स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद रहेको थियो। जसलाई सन् १९९२ मा हिन्दूहरुले भत्काइदिएका थिए। उक्त धार्मिक हिंसामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएका छन् । बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको दाबा हिन्दूहरुले गर्दै आएका थिए भने जोशीले अयोध्यामा मस्जित बन्न नसक्ने भविष्यवाणी गरेका थिए।

वयोवृद्ध अवस्थाका प्रशिद्ध विद्धान ज्योतिषाचार्य जोशीले भनेका थिए, ‘विश्वमा कुनै पनि हिन्दुले मस्जित वा कुनै धार्मीक (पवित्र) स्थानमा क्षति पुर्‍याएको छैन्। यहाँ केबल अयोध्या रामशक्तिले मात्र भएको हो। जब धर्ममाथि प्रहार हुन्छ। तब दैवी शक्ति कुनै न कुनै रूपमा प्रकट भएको छ, चाहे त्यो करसेवक (मजदुर) को रूपमा होस्।’ उनले अयोध्याको विवादित राम मन्दिर राजा विक्रमादित्यले बनाएको समेत दाबी गरेका थिए।

राजा विक्रमादित्य सूर्यवंशी राजा रामचन्द्र (मर्यादपुरुषोत्तम) का वंशज हुन्। जोशीका अनुसार लामो समयदेखि उनी आफ्ना पुर्खा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मस्थलमा बस्दै आएका थिए। एकदिन अचानक उनले आफ्ना धर्मगुरु, राजऋषि वा महर्षिहरुसामु यो इच्छा व्यक्त गरे । अखंड तपस्यापछि महर्षि अग्निले भने, ‘हे राजा, हरिद्वारबाट दुईवटा काग आउनेछन् र सरयू नदीमा झुकेर सेतो बाहिर निस्केर आकाशमा विलीन हुनेछन्। सरयु नदीमा काग नबास्ने ठाउँ रामको जन्मभूमि हो।’

राजा विक्रमादित्य र राजऋषि तथा महर्षिले तपोबलको सहयोगमा सराई नदीको स्थान परिवर्तन गरेका थिए। सरयू नदीको बहाव परिवर्तन हुनासाथ एक टुक्रा जग्गा अधिग्रहण गरिएको थियो। यि नदीहरु आफ्नै बाटो हिड्छन् भन्ने भौगोलिक सत्य हो। कागहरू सेतो भएर बाहिर निस्केको ठीक ठाउँमा राजा विक्रमादित्यले राम मन्दिरको स्थापना गरेका थिए। राजा विक्रमादित्यपछि मात्र मुगलहरू भारतमा आए र विस्तारै आफ्नो राज्य विस्तार गरेका थिए।

ज्योतिष जोशीका अनुसार बाबरी मष्जिद भारत आएपछि सुरु गरेका थिए। उक्त समयमा उनीहरूले राती मात्रै मस्जिद बनाउँथे। उनले त्यहाँ रामको खोजी भैरहेको पनि बताएका थिए। र उनले लामोसमय पण्डितहरुका पूर्वजले रामको जन्म खोजीमा लगाएको जनाएका थिए।

यस्तो थियो बाबरी मस्जित विवाद

विवादको खास कारण हिन्दूहरुले भगवान रामको जन्मभूमि मान्दै आएको स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद रहेको थियो। जसलाई सन् १९९२ मा हिन्दूहरुले भत्काइदिएका थिए। उक्त धार्मिक हिंसामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएका छन्। बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको दाबा हिन्दूहरुले गर्दै आएका थिए। तर, भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दू पक्षलाई दिइने फैसला गरेको थियो। मुस्लिमहरू चाहिँ सन् १९४९ को डिसेम्बरसम्म उक्त मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँदै आएका थिए। त्यसपछि भने हिन्दुहरुले त्यहाँ एउटा रामको मूर्ति स्थापना गरे र त्यसको पूजा गर्न थालेको उनीहरुको आरोप थियो।

यो मुद्दा मुख्यतः तीनवटा समूहबीच लडिँदै आएको थियो । दुईवटा हिन्दू समूह र मुस्लिम वक्फ बोर्डबीच। उक्त बोर्डले भारतका इस्लामिक सम्पदा व्यवस्थापनको जिम्मा पाएको छ। हिन्दू प्रतिवादीमा एउटा दक्षिणपन्थी राजनीतिक दल हिन्दू महासभा र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडा रहेका थिए। मस्जिद भत्काइएको एक दशकपछि उनीहरूले उक्त विवाद सन् २००२ मा इलाहाबाद उच्च न्यायालमा दर्ता गराएका थिए। सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो। विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्नुपर्ने फैसला उच्च न्यायालयले गरेको थियो।

अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो। कुनै बेला मस्जिद रहेको मुख्य क्षेत्र भने हिन्दूहरूको नियन्त्रणमा दिइएको थियो। अदालतले मुख्य तीनवटा टिप्पणीहरू पनि गरेको थियो। उसले विवादित क्षेत्र रामको जन्मभूमि रहेको, हिन्दू मन्दिर भत्काइएपछि त्यहाँ बाबरी मस्जिद बनाइएको र त्यो इस्लामिक मान्यताविपरीत रहेको भन्ने पुष्टि गरेको थियो। तर, हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved