आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल

  • माघ ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ ११ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी २५ तारिख। पुस शुक्ल पूर्णिमा तिथि । आजदेखि श्री स्वस्थानी व्रत कथा प्रारम्भ हुन्छ । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ। साथीसँग गफ गर्ने मौका मिल्नेछ। मनका कुरा साट्ने अवसर प्राप्त हुनसक्छ। व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्र सबल देखिन्छ। परिवारमा खटपटी हुनसक्छ।

वृष : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको मेलमिलापमा घमण्ड आउने देखिन्छ।

मिथुन : आजको दिन चन्द्रमा दाहिना हुनाले धन लक्ष्मी योग परेको छ। आज धनको घमण्ड नगर्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा समस्या हुने देखिन्छ।

कर्कट : समय राम्रो छ। हरेक क्षेत्र सकारात्मक रहेकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। धेरै अवसर अगाडि देखिए पनि एउटा क्षेत्र छनोट गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

सिंह : दिन संघर्षमय छ। तपाईंले वादविवाद, आरोप-प्रत्यारोप सुन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

कन्या : दैनिकी राम्रो छ। दिन रमाइलो हुनेछ। भ्रमण र भेटघाटले मन खुशी हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। तपाईंको डुबेको लगानी उठ्ने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। संघर्ष गरेर कर्मलाई निरन्तरता दिनुपर्ने छ। हरेक क्षेत्रमा विवाद सुन्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीले भने उत्साह दिनेछ।

धनु : दैनिकी सामान्य राम्रो छ। आफ्नै बोलीका कारण विवाद हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीको प्रतिफल राम्रो मिल्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मकर : समय सामान्य छ। ठुला कामको सुरुवात गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा ख्याल नगर्नाले समस्या हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथ र सहयोगले मनमा शान्ति मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। राम्रा कामको जस अरुले नै लिन्छन्। तपाईंको मन दुःखाउनेहरु सक्रिय छन्। बिहान शिवको भजन सुन्नु राम्रो हुन्छ। पाथिभराको दर्शन वा स्मरण गरेमा सबै समस्या समाधान हुनेछन्। परिवारको साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। स्वास्थानी माताको स्मरण गरेमा शिक्षाको क्षेत्र अब्बल रहनेछ। कर्मलाई प्राथमिकता दिएमा दिन रमाइलो हुनेछ। आफन्तसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved