अन्ततः कोशिमा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी

  • माघ ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

२ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहका जनप्रतिनिधिको मत भने पौडेलको पक्षमा परेन। पौडेलले स्थानीय तहबाट १०९ जनाका मतमात्र पाए। सिटौलाले प्रदेशसभा सदस्यमध्ये ४५ जनाको मतमात्र पाए भने प्रतिस्पर्धी राप्रपाका पौडेलले ४७ जनाले मत पाए। स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपाका पौडेलले १०९ मत प्राप्त गरे।

कोशी प्रदेशसभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन्। राप्रपा र एमालेका ४५ जना मात्र प्रदेशसभा सदस्य छन्। एकजनाको मत भने बदर भएको छ। स्थानीय तहतर्फ ४ मत बदर भएको छ। सत्ता गठबन्धनले राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाएको व्यापक चर्चा छ।

यसअघि प्रदेशसभातर्फ महिलामा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved