आज २०८० साल माघ १२ गते शुक्रबारको राशिफल

  • माघ १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ १२ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी २६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : दिन राम्रो छ। नयाँ कुराको खोजी गर्दै हुनुहुन्छ भने भेटिने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अरुले गर्व गर्ने खालको कामको सुरुवात गर्नु राम्रो हुन्छ। ठुलो लगानी गर्नुभएको भए फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

वृष : दैनिकी राम्रो छ। मन खुशी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार भित्रकै सदस्यले ठगी गर्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग बल्झिएर दु :ख दिनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। काम अधुरो बन्नेछ। जुनसुकै काम गर्दा पनि झन्झट आइपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानी सफल हुनेछ। राज्यको सेवामा राम्रो नतिजा प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। विश्वास गरेका पात्रले धोखा दिने भएकाले घरभित्र व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंका हरेक क्षेत्र सबल छन्। आफ्ना क्षेत्र सबल हुनाले साथी टाढा हुनेछन्। नम्र भएर प्रस्तुत हुनु फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। समाजमा तपाईंको कामको प्रभाव देखिने छ। प्रतिस्पर्धीले कामको सम्मान गर्नेछन्। परिवारका सदस्यले असहयोग गर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। सानो गल्तीले भयावह रुप लिने सम्भावना छ। आरोप–प्रत्यारोप सुन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनु : दैनिकी राम्रो छ। नयाँ काम र नयाँ ठाउँको भ्रमण हुनेछ। रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मकर : दिन सामान्य छ। अचानक धन खर्च हुनेछ। आफ्नै सहकर्मीले कुरा काट्ने देखिन्छ। तपाईंको कर्मको प्रभावले लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। जसले गर्दा मन उदास हुनेछ। मनमा अशान्ति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। साथीसँग भेटघाट हुनेछ। विद्वान मित्रसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। मिठो खान पाइने छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved