पोखरा । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved