आज २०८० साल माघ १९ गते शुक्रबारको राशिफल

  • माघ १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ १९ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ। राजनीतिक र सामाजिक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। ठुलो कामको सुरुवात गर्ने दिन छ। मनमा शान्ति र उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : दैनिकी सामान्य राम्रो छ। आफैले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारले भने निगरानी गर्ने योग रहेको छ।

मिथुन : दिन राम्रो छ। स्वास्थ्यमा लाभ, शिक्षामा प्रगति र आर्थिक क्षेत्रमा नाफा हुनेछ। स्वदेशमै लगानीका विकल्प खुल्नेछन्। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। गुरुको साथ र सहयोग राम्रो रहनेछ। आम्दानी राम्रो हुनेछ। समाजले झुटो आरोप लगाउने खतरा छ। परिवारको विश्वास जित्न नसक्दा संकट आइपर्ने देखिन्छ।

सिंह : आर्थिक क्षेत्र सबल छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको विश्वास प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। स्वास्थ्य र शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। अचानक शुभ समाचार सुनेर हर्षित बन्ने योग छ। धार्मिक क्षेत्रको घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्र विवादित बन्नेछ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। पारिवारिक सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। तपाईंको रोजाइमा पर्ने कार्यक्षेत्र सबल छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय सामान्य राम्रो छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिनेछन्। झुटो आरोप लाग्ने देखिन्छ। त्रास देखाएर लुट्न खोज्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। गुरुबाट साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : समय सामान्य छ। राम्रो कामको नतिजा फरक आउन सक्छ। झुटो आरोप लगाएर लुट्न खोज्नेहरु सक्रिय छन्। आफूभन्दा ठुला मानिसले आदर गर्नेछन्। परिवारबाट भने साथ मिल्ने योग रहेको छ।

मीन : दिन सामान्य राम्रो छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved