आज २०८० साल माघ २० गते शनिबारको राशिफल

  • माघ २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिख। आज गोरखकाली पूजा परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दिन राम्रो छ। तपाईंको श्रम लगानीबाट फाइदा हुनेछ। समाजले भने राम्रो भन्ने छैन। सत्यलाई नछोडेमा सबै कुरा राम्रो हुनेछ। परिवारको साथ पाइने छ।

वृष : दिन सामान्य राम्रो छ। आर्थिक क्षेत्र सबल छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

मिथुन : कर्ममा विश्वास गर्ने दिन हो। न्याय मिल्नेछ। इमान्दार भएर काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

कर्कट : दैनिकी सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। रोजगारीमा फाइदा हुनेछ। पारिवारमा भने समस्या आइलाग्न सक्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। लगानीको फल मिल्नेछ। तपाईंको व्यवहारले परिवार सन्तुष्ट हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। पेट सम्बन्धी समस्या देखिन सक्छ, चिसोबाट जोगिनु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। शिक्षा क्षेत्रको प्रयास असफल बन्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीमा ठगबाट बच्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध विस्तार हुनेछ।

धनु : दैनिकी राम्रो छ। काम गर्ने शैलीबाट अरु प्रभावित हुनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। सम्मान प्राप्त हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। भविष्यका लागि सोच्नुपर्ने दिन आएको छ। निर्णयमा ढिलाइ गरेमा पछुताउनुपर्नेछ। व्यापारको क्षेत्र सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कुम्भ : दैनिकी सामान्य राम्रो छ। व्यापारको क्षेत्रमा फाइदा हुनेछ। बोलीमा शनिदेवको दृष्टि रहेकाले बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

मीन : दिन राम्रो छ। हौसिएर बोल्नु भन्दा अभिभावकको सल्लाह लिएर थोरै बोल्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्ध दरिलो बन्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved