गर्व छ म सिपाही भएकोमा

  • माघ २०, २०८०
  • कालापानी मिडिया
alt

गर्व छ म सिपाही भएकोमा
लाग्छ मेरो जन्म नै यहि माटो
यिनै सुुन्दर हिमालहरु
अनि मनै लोभ्याउने गरी सुस्केरा गाउँदै वगिरहेका
झर्ना र नदीहरुको
सामिप्यतामा वस्दै रक्षा गर्न
ईश्वरले सृष्टि गरेको एक सुन्दर सिपाही हुँ
देश ,जनता, स्वाभिमान, सर्वभौमसत्ता र अखण्डताको निम्ति
मेरा नशाहरुमा एक थोपा रगत रहुन्जेल सम्म
विश्वको सर्वोच्च शिखर सगरमाथा झैँ अडिक रहने छु
जब म पूर्ण पोशाक र हतियार सहित कर्मथलोमा निस्कन्छु
मलाई हेर्न लालायित भएका आत्माहरुको झुण्ड देख्दा
मेरो छाती गर्वले चौडा हुुन्छ
मेरा बुटले जब धर्तीको स्पर्श गर्छन
लाग्छ यो जमिन नै कम्पन भैरहेछ
मैले पि.टि. र कवाज खेल्दा निस्कने आवाजले
कोसौ परका चराहरु उडेको देखेको छु
कहिले काहिँ सोचेर आफै चकित पर्छु
कति उर्जा अनि धैर्यता छ म सिपाही मा
सम्पूर्ण नेपाली जनताहरु बाट पाएको सम्मान अनि मायाले मलाई प्रदान गर्ने खुुसी र सन्तुष्टिको
म वर्णन नै गर्न सक्दीन
जन्मिनु र मर्नु प्राकृतिक नियम हो
तर म सिपाही मात्र एक हुँ ,जो कहिले मर्दिन
हुुन सक्छ म भौतिक रुपले नरहुँला
तर, मेरो कर्मले म सधैँ अमर रहिरहने छु
यो सबै देख्दा मेरी आमा खुसीले कति गदगद हुदिहुन्
म जस्तो सिपाही उनको कोखबाट जन्मेकोमा
म जस्तो सिपाही उनको कोखबाट जन्मेकोमा


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved