आज २०८० साल माघ २१ गते आइतबारको राशिफल

  • माघ २१, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २१ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : दैनिकी सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। हरेक क्षेत्र सबल छन्। लगानी गरेको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिमा भने समस्या देखिन्छ। परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछ।

वृष : दिन संघर्षपूर्ण छ। श्रमको मूल्य प्राप्त हुने भएकाले श्रम गर्दा हार खानु हुँदैन। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामज र परिवारले प्रशंसा गर्ने योग छ।

मिथुन : ग्रह गोचरी सामान्य छ। आफन्तले भन्दा बाहिरका मान्छेले सहयोग गर्नेछन्। गुमेको धन प्राप्त हुनेछ। गुरुबाट प्राप्त सहयोगले मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : समय राम्रो छ। प्रतिस्पर्धी पराजित हुनेछन्। समाजले तिरस्कार गर्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपटी हुने खतरा छ। प्रेम सम्बन्धमा उतारचढाव देखिन्छ।

सिंह : दिन सामान्य राम्रो छ। लगानी गरेको ठाउँमा जोखिम देखिन्छ। विदेशको आम्दानी राम्रो हुनाले लगानीमा हात बढाउनु राम्रो हुन्छ। परिवारमा विश्वासको संकट देखिन्छ।

कन्या : दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। कथा र प्रवचनले जीवनमा उत्साह बढाउने छ। आज व्यापारको सुरुवात र विदेशको यात्रामा नगर्नु राम्रो हुनेछ।

तुला : दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत रहनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।

वृश्चिक : समय सामान्य राम्रो छ। झुटा आरोप र त्रासले सताउने खतरा छ। शनिदेवको छाया योग रहेकाले वर, पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दैनिकी राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ। वैदेशिक क्षेत्रमा आकर्षण बढ्नेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। गाडी र पानीमा हुने ठुलो संकटबाट बच्न सक्नुहुन्छ। तर आफन्तसँग जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोल्दा नम्र बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा विश्वास जित्न नसक्दा खटपटी बढ्ने योग छ।

मीन : दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ। परिवारबाट नयाँ नयाँ कुराको माग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved