धमाधम भैरहेको छ 'सिटामोल’को छायांकन

  • माघ २२, २०८०
  • कालापानी मिडिया
alt

सिन्धुली । राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सिटामोल’को छायांकन अहिले धमाधम सिन्धुलीमा भैरहेको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो । सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक राज बहादुर सानेले खुशी ब्यक्त गरेका छन् ।

अहिलेकै स्पीडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशबक साने बताउँछन् । बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् ।

यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रुपमा हुनसक्ने बुझिन्छ ।

सिनेमामा उनीहरुका अवा लोकेन्द्र लेखक पनि मुख्य भुमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन् ।

सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved