हेर्नुस २०८१ साल साउन ११ गते शुक्रबारको राशिफल

  • श्रावण ११, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८१ साल साउन ११ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई २६ तारिख। साउन कृष्ण पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : सञ्चित धन खर्च हुनेछ। हरेक काममा खर्च कटौती राम्रो होला। न्यायिक क्षेत्रमा सफलता मिल्ने छ। स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। एक्लै लगानी गर्नु भन्दा कार्यगत एकताबाट राम्रो आम्दानी हुने दिन छ। शिक्षा, स्वास्थ्य र पारिवारिक क्षेत्रमा तपाईको दिन अब्बल रहेको छ।

वृष : आज कला र गलाको माध्यमबाट बन्ने काम सफल हुनेछ। थोरै लगानीबाट राम्रो उन्नती हुनसक्छ। तपाईको रोजाईमा पर्ने स्वास्थ्य, शिक्षा र वैदेशिक व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

मिथुन : दिन सामान्य छ। साथीभाइ असन्तुष्ट हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। व्यस्तता बढ्नेछ। परिवारको सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ।

कर्कट : कुरा काट्नेहरु बढ्नेछन्। व्यवसायमा भने प्रगति हुनेछ। भाग्यस्थानमा चन्द्रमा रहेकाले अचानक आम्दानी बढ्ने योग छ। परिवारमा भने विवाद हुने जोखिम रहेको छ।

सिंह : साथीभाइले खुट्टा तान्नेछन्। स्वास्थ्यमा सुधार हुने भएकाले मनमा उत्साह र उमङ्ग बढ्नेछ। उत्तरको लामो यात्रामा नगर्नु राम्रो होला। अधिकारको नाममा प्रतिवाद गर्नुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कन्या : दिन रमाइलो छ। नयाँ आम्दानीको बाटो खुल्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नसक्छ। थोरै बोलेर धेरै काम गर्ने दिन छ। प्रेम सम्बन्धमा सुमधुरता बढ्नाले दिन रमाइलो हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ।

तुला : हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। आफूले थोरै काम गरेर विज्ञको साथ लिनुपर्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। परिवारको कोही सदस्यलाई साथमा लिएर अघि बढेमा फाइदा हुनेछ।

वृश्चिक : आज शिक्षाको माध्यमबाट भाग्य चम्कने दिन छ। लगानीको स्रोतमा शिक्षा छनोट गर्दा फाइदा हुनेछ। परिवार र साथीभाइबाट सकारात्मक साथ मिल्नेछ। नियमित क्षेत्रमा भन्दा फरक व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

धनु : संघर्षपूर्ण दिन रहेको छ। अधिकारको लागि प्रतिवाद गर्नुपर्ने दिन छ। अल्छीपनले दैनिक व्यवसायमा समस्या हुनसक्छ। राजनीतिमा झन्झट आइलाग्ने जोखिम छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम र लगानीको परिणाम राम्रो आउनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

मकर : दिन रमाइलो छ। साथीभाइ दाहिना हुँदा दिन उत्साहपूर्ण हुनेछ। योजना दीर्घकालीन हुनेछन्। सामाजिक सेवामा मन जानेछ। पारिवारिक सुत्रले कमजोरी पत्ता लगाएर निगरानीमा राख्न सक्छन्। मानसिक तनाव भने बढ्ने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। धन आर्जन गर्ने समय छ। वैदेशिक क्षेत्रमा श्रम लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। तपाईको कामको प्रशंसा हुनेछ। बोलीका कारण लज्जाबोध हुनेछ। थोरै बोल्नु राम्रो होला। परिवारको साथ सहयोग भने मिल्नेछ।

मीन : भाग्य उदय हुने दिन छ। सामान्य प्रयास गरेपनि फाइदा राम्रो हुनेछ। आफूले गर्दै आएको दैनिकी सुविधामा पदोन्नती हुनेछ। कम बोल्दा ठुलो फाइदा हुनेछ। परिवारभित्रको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल भद ...

काठमाडौं । आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख। भाद्र शुल्क पक्षको प् ...

काङ्ग्रेस केन्द्रिय ...

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भए ...

न डिस्को न ह्विस्की, ...

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्प ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved