आज २०८० साल माघ २३ गते मंगलबारको राशिफल

  • माघ २३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २३ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ६ तारिख। एकादशी तिथि। आज धनमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : दिन राम्रो छ। बोली नम्र राख्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। साथीसँग रमाइलो भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृष : दैनिकी राम्रो छ । आर्थिक क्षेत्र सबल छ । रिवारिक घुमघाममा रमाइलो हुनेछ। गुरुबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मिथुन : समय राम्रो छ। नयाँ ठाउँको यात्रा रमाइलो बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा भने त्यत्ति राम्रो नहुनसक्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य राम्रो छ। झुटा आरोप सुन्नुपर्ने बाध्यता आइलाग्न सक्छ। आफूले गरेको कामको जस अरुले लिएर दोष लगाउन सक्छन्। पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ। परिवारसँग भने झगडा हुनसक्छ।

सिंह : दिन राम्रो छ। आफ्नो भाग्य आफै बनाउन लाग्नुपर्छ। लगानीको क्षेत्रमा राम्रो छ। स्वदेशमै प्राप्त रोजगारीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्या हुनसक्छ।

कन्या : दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। व्यवसाय राम्रो हुनेछ।

तुला : दिन राम्रो छ। सोचेको भन्दा राम्रो काम बन्नेछ। शिक्षा क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। परिवारको सहयोगले मनमा उत्साह मिल्नेछ।

वृश्चिक : समय सामान्य राम्रो छ। लगानीको क्षेत्र विवादित बन्नसक्छ। आरोप सुन्नुपर्ने हुनसक्छ। अचानक विवादमा फस्ने खतरा भएकाले सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

धनु : दिन रमाइलोसँग बित्नेछ। चन्द्रमा दाहिना भएकाले कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको मेहनतबाट फाइदा हुनेछ। रोजगारीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। यात्रामा जोखिम हुनसक्छ। सवारी साधनको गति नियन्त्रण आवश्यक देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेश भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। योजना सार्वजनिक गर्दा घाटा हुने जोखिम रहन्छ।

कुम्भ : समय सामान्य छ। विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ। कर्म गर्दै हुनुहुन्छ भने न्याय मिल्नेछ। आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। काम सफल बन्नेछ। खर्च बढी हुने योग छ। परिवारसँग रमाइलो भ्रमण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जुनसुकै क्षेत्रमा गरेको लगानीबाट पनि फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved