आज २०८० साल माघ २४ गते बुधबारको राशिफल

  • माघ २४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिख। प्रदोष व्रत। आज धनको १५ अंशमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : समय राम्रो छ। गुमेको धन हात लाग्ने योग छ। यात्रामा निस्कने इच्छा पूरा हुनेछ। मनलाई सम्हाल्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र रोजगारीको क्षेत्र सबल छ।

वृष : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि सदुपयोग गर्ने क्षमता रहन्छ। सामाजिक क्षेत्रमा नाम र सम्मान बढ्नेछ। प्रेम सम्बन्ध र सहकार्यमा मधुरता रहनेछ।

मिथुन : दैनिकी राम्रो छ। इच्छा बमोजिमको भोजन मिल्नेछ। भ्रमणमा सहयोगी मानिसको साथ रहनेछ। आर्थिक भन्दा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने योग छ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन सामान्य छ। अचानक रोगको प्रकोप देखिने छ। खानपानमा सचेत हुनुपर्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दैनिकी राम्रो छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। राजनीतिमा भने खराब मानिसको जालमा फस्ने योग छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

कन्या : दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। अरुमार्फत् काम गर्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल देखिन्छन्। साथी र परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षाको लगानीबाट मन खुशी हुने छैन। तर निरन्तरता दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा धेरैले प्रशंसा गर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। ठुलो प्रगति हुने योग देखिँदैन। स्वास्थ्यमा रोगको प्रकोप देखिने छ। सामाजिक क्षेत्रमा आरोप प्रत्यारोप सुन्नुपर्ने छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। मादक पदार्थ सेवन गर्नेसँग टाढा बस्नु फाइदा हुनेछ। लगानीबाट राम्रो आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ पाइने छ।

मकर : दिन सामान्य छ। तपाईंको रोकिएको काम बन्नेछ। विश्वास गरेका पात्रबाट असहयोग हुनसक्छ। आफ्नो आलोचना आफैले सुन्नुपर्नेछ। परिवारबाट असहयोग हुनेछ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।

कुम्भ : दैनिकी सामान्य छ। शनिदेवको छाया योग रहेकाले हनुमानको भजन गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा अगाडि नबढ्नु राम्रो। परिवारको कुरा नबुझेमा घाटा हुनेछ।

मीन : समय राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्र सबल देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। कामको सुरुवात गर्ने भए अध्ययन गर्नुपर्ने देखिन्छ। आम्दानीको लोभमा तास र जुवाको खालमा नबस्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved