बस्न सकेन चार महिनादेखि बागमती प्रदेश सभा बैठक

  • माघ २६, २०८०
  • कालापानी मिडिया
alt

मकवानपुर । चार महिनादेखि बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्।

गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन। नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीबार विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन्।

पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ। प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा १०० ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र बनेको थपलियाले बताए।

दोस्रो कार्यकालको एक वर्ष बित्दा प्रदेश सभाको जम्मा ५६ वटा बैठक बसेको छ । ‘ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन।

आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन’, उनले भने। राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताए।

उनले भने, ‘सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ।’

रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved