आज २०८० साल फागुन १३ गते आइतबारको राशिफल

  • फाल्गुन १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी २५ तारिख। कृष्ण पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।  

मेष : दिन राम्रो छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : दिन राम्रो छ। शिक्षामा सफल, स्वास्थ्यमा लाभ मिल्नेछ। वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुन : दिन सहज बन्नेछ। अरुको आयोजनामा आफ्नो हुनेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोलीमा ख्याल नगर्दा पश्चाताप हुनसक्छ।

कर्कट : दिन सामान्य छ। तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात हुनसक्छ। हल्ला गर्ने तर काम नगर्ने शान्त हुनेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ।

कन्या : दिन रमाइलो छ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। गणेशको भजन सुन्नुभयो भने धेरै काम बन्नेछन्। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटो खुल्ने योग रहेको छ।

धनु : दिन राम्रो छ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। साथीभाइको हुटहुटीले यात्रा रमाइलो हुनेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। यात्रामा रमाइलो गर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। परिवारबाट प्राप्त हुने मायाले निरन्तरता पाउने देखिन्छ।

कुम्भ : दिन सामान्य छ। शनिदेव प्रतिकुल छन्। जन्म कुण्डलीमा आफ्नै घरमा रहेका शनि वा ३, ६ र ११ स्थानमा शनिदेव भए ठुलो काम बन्नेछ। परिवारलाई अगाडि सारेर नयाँ कामको थालनी गर्ने योग रहेको छ।

मीन : दिन सामान्य छ। आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved