आज २०८० साल फागुन १४ गते सोमबारको राशिफल

  • फाल्गुन १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ। आज २०८० साल फागुन १४ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी २६ तारिख । कृष्ण पक्षको द्वितिया तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। 

मेष : समय राम्रो छ । बोलीमा सरस्वतीको बास छ । विवेक पुर्याएर बोल्नुपर्ने छ । माया गरेको धन प्राप्त हुनेछ । साथीबाट साथ र सहयोग मिल्नेछ । लगानीका क्षेत्र अब्बल छन् । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ । गुरुबाट सोचेजस्तो साथ नरहन सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । साथीसँग रमाइलो गर्ने दिन हो । मोटरसाइकल सामान्य गतिमा चलाउनु पर्नेछ । अरुको हुटहुटीमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कर्कट : दिन सामान्य राम्रो छ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा विवाद बढ्नेछ । आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन् । न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ । शिक्षामा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । पारिवारिक मर्म बुझेर चल्नुपर्ने योग रहेको छ ।

कन्या : दिन राम्रो छ । प्रतिस्पर्धी शान्त रहने छन् । स्वास्थ्यमा लाभ हुनेछ । हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ । हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ ।

तुला : दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक सेवा गर्ने योग छ । परिवारको साथ र सहयोग रहनेछ । आफ्नो कुरा काट्नेसँग सचेत बन्नुपर्ने देखिन्छ ।

वृश्चिक : दिन सामान्य छ । पुरानो रोग बल्झिने खतरा छ । बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ । निजी लगानी गरेका कर्मक्षेत्र अब्बल छन् । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । परिवारको साथ र सहयोग राम्रो छ ।

धनु : दिन राम्रो छ । रमाइलो ठाउँको बयानले मन प्रभावित हुनसक्छ । मन खुशी हुनेछ । देश वा विदेश घुम्ने मिति तय हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : आजको दिन राम्रो छ । कर्म क्षेत्रमा निरन्तरता कायम रहनेछ । आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ । परिवारको साथ र सहयोग रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

कुम्भ : समय सामान्य छ । संघर्ष गर्ने दिन हो । पछाडि कुरा काट्ने मित्र सक्रिय छन् । इमान्दारिता नगुमाउनु राम्रो हुनेछ । परिवार भने सकारात्मक छन् । ठूला काममा आजको दिन हात नलगाउनु राम्रो हुन्छ ।

मीन : समय राम्रो छ । खर्च बढ्ने योग छ । आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ । सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ । नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग रहन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved