आज २०८० साल फागुन १६ गते बुधबारको राशिफल

  • फाल्गुन १६, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ। आज २०८० साल फागुन १६ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी २८ तारिख । कृष्ण पक्षको चौथी तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : दैनिकी राम्रो छ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । आर्थिक क्षेत्र सबल देखिन्छ । राजनीतिक क्षेत्रको लगानीले साथ दिनेछ । साथीको हुटहुटीले गर्दा पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ । व्यापार नछोड्नु राम्रो हुन्छ । परिवारबाट खुशी मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । डर र त्रास देखाएर फाइदा लिनेहरु सक्रिय छन् । गलत सोचले बदनाम हुने दिन छ । समस्यामा सहयोग गर्ने हुने छैनन् । आफ्ना योजना नसुनाउनु राम्रो हुन्छ । गुरुको साथ र सहयोग रहनेछ ।

कर्कट : दिन राम्रो छ । मनोकामना पूरा हुनेछ । मन खुशी हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । राजनीतिमा सेवा गर्ने मौका मिल्नेछ । परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रमा ठगले सचताउने भएकाले सचेत बन्नु राम्रो हुन्छ ।

सिंह : दिन राम्रो छ । आफूले आफूलाई मर्यादित राख्नु राम्रो हुन्छ । लगानीको क्षेत्र सबल छ । प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कन्या : दिन राम्रो छ । साथीले सहयोग गर्नेछन् । लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी हुनेछ । सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ ।

तुला : दिन राम्रो छ । प्रयास गरेको क्षेत्रमध्ये स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा कुरा काट्ने सक्रिय भएकाले सचेत हुनुपर्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका आएको छ ।

वृश्चिक : समय राम्रो छ । चन्द्रमाले साथ दिएको छ । व्यापार र शेयरमा लगानी भए फाइदा हुनेछ । चुपचाप आक्रमण गर्ने मित्र सक्रिय छन् । गलत काम खोजीमा उनीहरु सक्रिय छन् । परिवारको साथ भने राम्रो छ ।

धनु : दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ दिनेछन् । शिक्षामा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ ।

मकर : आजको दिन राम्रो छ । बोलीमा ख्याल नगर्दा आफन्तले चित्त दुःखाउन सक्छन् । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा लगानी गर्दा डराउनु पर्दैन । परिवारको साथ मिल्नेछ ।

कुम्भ : दिन सामान्य छ । अचानक रोगको चपेटामा पर्न सकिन्छ । आफूले आफूलाई ख्याल गर्नुपर्ने दिन छ । सामाजिक काम गर्दा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । परिवारको साथ गुम्ने खतरा छ । वैदेशिक क्षेत्रको लगानीबाट भने सन्तोषजनक नतिजा मिल्नेछ ।

मीन : दिन राम्रो छ । गुमेको धन मिल्नेछ । राम्रो ठाउँको भ्रमण हुनसक्छ । रमाइलो गर्न खोज्ने साथीले खर्च बढाउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved