लायन्स क्लब अफ काठमाडौंको अध्यक्षमा गुप्ता सर्वसम्मत

  • फाल्गुन १७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं। युवाहरुमा समाजसेवा र भाइचारा भावना जगाएर नेतृत्व र व्यक्तित्व विकास गर्नेगरी २० युवालाई समेटेर लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरिएको छ ।

राजधानीको एलफ्ट होटलमा सम्पन्न कार्यक्रम डोन च्याप्टर्स नारायण कुवरको सभापतित्वमा लायन्स लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का गर्भनर पीका स्ट्रिक निर्देशक अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत खोलिएको तथा लायन्स क्लब अफ काठमाडौं एक्सेलेन्स टिमद्वारा प्रायोजन गरिएको लायन क्लबको नयाँ कार्यसमितिको चार्टर अध्यक्षमा उद्धब कुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा अमन नोरतम सिंह, द्वितीय उपाध्यक्षमा श्याम बाबु प्रसाद जैसवाल, सचिव आशिष कुशवाहा, कोषाध्यक्ष सिरिल महतो, सहसचिव अनुराधा अधिकारी सल्लाहकारमा सुमन काफ्ले र क्लब निर्देशक मौसम खनाल चयन भएका छन् । मेम्बरसिप चियरपर्सन राजेस्वारी जैसवाल, सर्भिस चेयरपर्सन ओजस्वी सिंह राठौर, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा कुनाल गौतम चयन भएका छन् ।

यस्तै, क्लबका प्रमुख सदस्यमा खुशी जैसवाल, शम्भाव धमला, आशिष रौनियार र मुस्कान रौनियार सर्वसम्मत निर्वाचित भएका छन् । एक बर्षको कार्यकाल रहने नयाँ कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई क्लबका संस्थापक अध्यक्षलगायत अतिथिहरुले लायन वर्ष २०२३/०२४ मा सामाजिक र मानवीय सेवाको काममा रचनात्मक तथा सिर्जनात्मक बन्न सुझाव दिए ।

received_1086609075882382

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved