आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल

  • फाल्गुन १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । आज २०८० साल फागुन १९ गते शनिबार तदनुसार सन् २०२४ मार्च २ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ ।

मेष : दिन राम्रो छ । आफन्त र साथीभाइले सहयोग गर्नेछन् । लगानी गरेको क्षेत्रबाट उत्साह मिल्नेछ । साथीको हुटहुटीमा लागेमा खर्च बढ्ने जोखिम हुन्छ । नयाँनयाँ कुराको ज्ञान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दैनिकी राम्रो छ । स्वास्थ्यमा लाभ हुनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुने योग छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले लगानी गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ ।

मिथुन : दिन राम्रो छ । आफ्नो महत्त्व बुझ्नुपर्ने दिन हो । बोल्दा ख्याल गर्नुपर्नेछ । बोली व्यवहारिक बनाउनुपर्ने देखिन्छ । संघर्ष वा परिश्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । हरेक क्षेत्रमा विवाद हुनसक्ने जोखिम छ । शिक्षामा भने सफलता मिल्नेछ । वैदेशिक रोजगारी र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्ध टिकाउन मेहनत आवश्यक छ ।

सिंह : दैनिकी राम्रो छ । योजना सार्वजनिक नगरी कार्यान्वयन गर्नु फाइदाजनक हुनेछ । गोप्य ढंगले सम्पन्न गरेका काम सफल बन्नेछन् । परिवारको साथ मिल्नेछ । सामाजिक क्षेत्रमा सहयोगी साथीहरु भेटिने छन् ।

कन्या : दिन राम्रो छ । आजको दिन उत्साहका साथ बित्नेछ । साथी र आफन्त सकारात्मक छन् । योजना बनाएको भए ठुलो कामको सुरुवात गर्ने दिन हो । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : समय राम्रो छ । समाजसेवामा मन जानेछ । शिक्षा र राजनीतिक क्षेत्रमा फाइदा हुनेछ । समाजले सम्मान गर्ने योग छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

वृश्चिक : दैनिकी राम्रो छ । बोलीको प्रभावले धेरै काम बन्नेछन् । साथीसँगको सम्बन्ध सुमधुर बन्नेछ । थोरै बालेर धेरै काम गर्नुपर्ने समय हो । परिवारसँगको सम्बन्धमा भने खटपटी आउने देखिन्छ । घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ ।

धनु : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । साथीहरु सकारात्मक हुनेछन् । लगानीका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

मकर : दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । व्यवहार गर्दा ठुलो आँट नगर्नु राम्रो हुनेछ । लगानी नगर्नु राम्रो हुन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । दाजुभाइबाट सहयोग मिल्नेछ । गुमेको सम्पत्ति भेटिने छ । बोल्न नजान्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । महत्त्वपूर्ण कुरा वा विषयमा बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो हुन्छ ।

मीन : दैनिकी सामान्य छ । सञ्चित धनको खर्च हुनेछ । साथीभाइले एक्लो बनाउनसक्ने जोखिम देखिन्छ । आफ्नो आवास क्षेत्रमा विवाद हुनसक्छ । वर र पिपलमा पानी लगाएमा दिन सकारात्मक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved