पुटिन भन्छन् अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन

  • फाल्गुन १९, २०८०
  • कालापानी मिडिया
alt

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्।

शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्। ‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौँ’, राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ’, ‘यी पश्चिमाले चलाएको हल्लामात्र हो।’

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेसन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपलाई निराधार र नक्कली कथा मात्र भएको बताएका थिए।

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्यांकले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको प्रचारपछि यस्तो पुटिनको प्रतिक्रिया आएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved