काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धन फेरबदलमा आफूलाई ‘हर्ष न बिस्मात’ रहेको प्रस्ट पारेको छ । राप्रपाले सरकार परिवर्तनमा आफ्नो कुनै रुचि र भूमिका नरहने पनि प्रस्ट पारेको हो ।
राप्रपाका महामन्त्री धवल शमशेर राणाले सरकार परिवर्तनको विषयप्रति राप्रपालाई कुनै रुचि नरहेको बताएका हुन । उनले आफ्नो पार्टी सरकारमा नजाने बरु सडक र सदन दुई तिरबाट संघर्स गर्ने बताए ।
उनले भने ‘हामी आन्दोलनमा छौँ, आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौँ,’ हामी सरकारमा जादैनौ पनि । ‘सरकार परिवर्तनबारे हामीलाई कुनै रुचि पनि छैन ।’ आन्दोलन घोषणा गरिसकेको अवस्थामा सरकारमा जाने सवाल नै नरहने राणाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved