काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ ।
अलिहे देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफ रहने छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved