जावेद अन्सारी,बाँके । जनता कफ्र्युको चौथो दिन आजदेखि नेपालगञ्जमा नेपाली सेनालाई पनि परिचालन गरिएको छ ।
कोरोना भाइरसको जोखिम बढेसंगै सुरक्षा सावधानीका लागि बाँके प्रशासनले मंगलबार जनता कफुर्यु लागु गरेको थियो । तर सो अवस्थामा पनि बाँकेका जनता बाहिर निस्कन नछाडेपछि नेपालगञ्जमा सेनालाई पनि खटाइएको छ । यद्यपि, सेनालाई लकडाउन पालनाका लागि कमाण्ड सम्हाल्न भने दिइएको छ ।
नेपालगञ्जका चोक चोकमा रहने सशस्त्र र जनपद प्रहरीसँग खटिएको सेनाले बाहिर निस्कनले भित्र जान अनुरोध गरिरहेको छ । बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्को नेतृत्वमा बसेको सुरक्षा समितिको बैठकले सेनालाई पनि जनता कफ्र्यु कार्यान्वयनका लागि सडकमा ल्याउने सहमति भएको थियो ।
पहिलो दिन र दोस्रो दिन सम्झाई बुझाई मात्र गरेको प्रशासनले तेस्रो दिन बिहीबार साँझदेखि अन्य दिनको तुलनामा सडकमा हिडनेमाथि कडाई गरेको छ । सेना पनि सडकमा आएपछि अहिले नेपालगञ्जका सडकमा मानिसको आवतजावत शुन्य बनेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved