आज २०८० साल चैत ४ गते आइतबार ! हेर्नुस् तपाईंको भाग्य

  • चैत्र ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं आज २०८० साल चैत ४ गते आइतबार तदनुसार सन् २०२४ मार्च १७ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : समय राम्रो छ । समयको सदुपयोग गर्नु राम्रो हुन्छ । मनमा शान्ति मिल्नेछ । साथीले सहयोग गर्नेछन् । अन्यायमा परेकालाई सहयोग गर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । तपाईंलाई लगानीको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ । परिवारिक सम्बन्धबाट साथ र सहयोग निरन्तर रहनेछ ।

मिथुन : समय राम्रो छ । धर्म र अर्थको क्षेत्रमा उत्साह बढ्नेछ । देशभित्र अवसरको सिर्जना हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेमममा खुशी मिल्नेछ ।

कर्कट : दिन सामान्य छ । परिवारले शंका गर्ने दिन छ । लगानी गर्दा सचेत बन्नुपर्ने दिन छ । मिठा कुरा गरेर आफूलाई बदनाम गर्नेसँग सचेत हुनुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने अपेक्षा गर्न सकिन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

सिंह : आजको समय राम्रो छ । लगानीका क्षेत्रबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक लगानीबाट फाइदा हुन्छ । परिवारले मर्म नबुझ्दा मनमुटाव हुनसक्छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।

कन्या : समय राम्रो छ । अपेक्षा नगरेको आम्दानी हुनसक्छ । यात्रा गर्नुभए सफल र रमाइलो हुनेछ । परिवारको माया पाइने छ । प्रेममा हुनुहुन्छ भने सम्बन्ध सफल बन्नेछ । स्वदेशमै काम गर्ने अवसर मिल्नेछ ।

तुला : दिन राम्रो छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : आजको समय राम्रो छ । एउटा गलत काम खोज्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत हुनु राम्रो हुन्छ । मातापिताको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दैनिकी राम्रो छ । ठुलो उद्योगमा लगानी गर्नु फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक यात्रा गर्ने योग रहेको छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । साथीको माया मिल्नेछ ।

मकर : दिन राम्रो छ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । समाज सेवा गर्ने अवसर मिल्नेछ । सोचेको काम भने अधुरो बन्ने देखिन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ ।

कुम्भ : दिन सामान्य राम्रो छ । अचानक अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ । मानसिक चिन्ताले सताए पनि धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : समय राम्रो छ । श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा देखिएका समस्याको सुधार हुनेछ । सामाजिक क्षेत्रमा विरोधको आवाज सुन्नुपर्नेछ । आम्दानी भन्दा खर्च बढी हुने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved