बर्तमान संकटले वैदिक सनातन परम्पराको स्मरण गरायो

  • चैत्र १५, २०७६
  • कालापानी मिडिया
alt

गोविन्द खनिया, 
यतिवेला विश्वमा कोरोना संक्रमणको महामारी फैलिएको छ । चिनको बुहान क्षेत्रबाट फैलिएको यो महामारीले चिनमा मात्रै होइन इरान, स्पेन, अमेरिका, कोरिया , जापान लगायतका थुप्रै देशका हजारौ मानीसको ज्यान लिसकेको छ, र नेपालमा पनि प्रवेश गरिसकेको छ । यही महामारीबाट बच्न भन्दै विश्वव्यापी रुपमा लकडाउन गरिएको छ । हाम्रो देश पनि यतिवेला लकडाउनमै गुज्रिरहेको छ । तर यस विश्वव्यापी स्वास्थ्य संकटले निम्त्याएको अन्यौलताले भने वैदिक सनातन परम्परा र पुर्विय संस्कार अनुरुपको जीवनशैलीको स्मरण गररहेको छ । त्यसको अवलम्वन गर्न सबैको होस जगाईदिएको छ । जस्तै ः

  • दैनिक प्रातस् स्नानबाट शरिर र गाईको गोवरले पोतेर घर शुद्ध गर्ने ।
  •  बाहिरबाट आएपछि जुत्ता चप्पल घर भित्र नलैजाने र राम्रोसंग दुई हात गोडा र मुख धुने ९पञ्चस्नान गर्ने०। शौच पश्चात हात धुने ।
  •  आफ्ना मूलभुत मूल्य, मान्यता एवं जरोकिलोको पहिचान र जगेर्ना गर्ने । सबैको आत्मा समान ठानी कोहिसंग पनि अमर्यादित ब्यवहार नगर्ने ।
  • पंचशीलस् सत्य, अहिंसा, ब्रह्मचर्य, आस्तेय र अपरिग्रहको अनुशासन पालन गर्ने । नियमित दिनचर्यामा अल्छि नगर्ने ।
  • काम,क्रोध, लोभ,मोह र अहंकार त्यागि मन निर्मल राख्ने । सदगुण, सच्चरित्र, नैतिकता बिकास गरि बुद्धिमत्ता र विवेकशील व्यवहार गर्ने । एकान्तमा बसि साधना, वैदिक साहित्यको अध्ययन, अनुसन्धान, चिन्तन, मनन र लेखनमा सक्रिय रहने।
  •  सबैको हृदयमा बास गर्नुहुने परमात्मालाई पंचतत्वको प्रतिनिधित्व गर्ने दुवै हातका औलाहरु जोडी नमस्कार वा साष्टांग प्रणाम गरी अभिवादन गर्ने ।
  •  विश्वबन्धुताको भावनाले संकटको समयमा स्वदेश परदेश जहिंतहिं जोसुकैको सहयोग र उद्धार गर्न तत्पर रहने
  • पापकर्म नगर्ने ।
  •  पूर्ण ज्ञान, विज्ञान र प्रविधिको सदुपयोगबाट सुविधायुक्त जीवनको ब्यवस्था गर्ने ।
  •  वातावरण कुपित भएर असाध्य रोग र भाइरस उत्पन्न हुन नदिन र मानिस, जनावर, पंक्षी, किटपतंग लगायत सबै प्राणी तथा बनस्पतिको रक्षाको लागि शुद्ध वायु, जल, जमिन, वरपिपल आदि बृक्ष जडिबुटी आदि प्रकृतिको संरक्षण गर्ने ।
  •  सूर्यको किरणबाट नै जीवन रक्षा हुनाले बिहान सूर्यलाई जल चढाई बन्दना गर्ने ।
  •  प्राकृतिक कानूनको पालना गर्ने, उचित आहारबिहार र आयुर्वेदबाट आरोग्यता हासिल गर्ने ।
  • शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य रक्षाको लागि संगित, नृत्य, योगासन, प्राणायाम, ध्यान, होम यज्ञ, जप,पुजा पाठ, भजन र गायन आदि नित्यकर्म गर्ने ।
  • धैर्यता, क्षमा, ईन्द्रियनिग्रह, दुरदृष्टि, आत्मवल, आत्मविश्वास र आत्मसंयम आदि धारण गर्ने ।
  •  पारिवारका सदस्यले एक आपसमा सुख दुखमा साथ दिई मिलेर संगै बस्ने।
  •  भ्रष्टाचार वा अधर्मपूर्वक आय नगर्ने । जनतालाई जनार्दन र राष्ट्रलाई माता ठानेर सेवा गरी रामराज्य कायम गर्न प्रयत्न गर्ने ।
  •  शाकाहारी, शुद्ध, सात्विक र ताजा प्राकृतिक आहार लिने । जन्मदेखि मृत्यु सम्मका सबै संस्कार विधिपूर्वक गर्ने ।
  •  रोगको औषधी नभए र उपचार संभव नभए भगवानसंग जीवनरक्षाको लागि प्रार्थना गर्ने ।
  •  धार्मिक र आदर्श नागरिक भएर बाँकी जीवन जिउने संकल्प लिने आदि ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved