काठमाडौं । अमेरिकी औषधि उत्पादक कम्पनी एबोट ल्याब्रोटोरिजले ५ मिनेटभन्दा कम समयमै कोरोना भाइरस जाँच गर्ने किट सार्वजनिक गरेको छ। यसबाट छोटो समयमै कोरोना संक्रमित हो वा हैन भन्ने पत्ता लगाउन सजिलो हुनेछ।
कम्पनीका अनुसार द युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (९एफडिए)ले उक्त किटलाई आपत्कालीन अवस्थामा प्रयोग गर्ने अनुमति दिएको द इकोनोमिक्स टाइम्सले लेखेको छ। सो किटले कोरोना भाइरस (कोभिड १९) पोजेटिभ भए ५ मिनेटभन्दा कम समयमा र नेगेटिभ देखिए १३ मिनेटमा नतिजा दिने दाबी कम्पनीले गरेको छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved