काङ्ग्रेस केन्द्रिय समिति बैठकमा १२ सय बढी सदस्यको हस्तान्तरण सहित हिन्दुरास्ट्रको माग,पक्ष र विपक्ष बिच भनाभन

  • भदौ १८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भएको छ ।

पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र हिन्दु राष्ट्र नेपाल अभियानका संयोजक शंकर भण्डारीले उक्त मुद्दा उठाएपछि बैठकमा होहल्ला भएको हो । आइतबार कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री गगन थापालाई रोकेर भण्डारीले बहुमत महासमिति सदस्यले हस्ताक्षर गरेको हिन्दुधर्मको एजेन्डालाई माइन्युटमा राख्न माग गरेका थिए ।

भण्डारीले भने “महासमितिको बैठकमा हामीले हस्ताक्षरसहित बुझाएका छौँ, त्यसलाई केन्द्रीय समितिको माइन्युटमा कहीँ न कहीँ सम्बोधन गरिनुपर्छ, “महासमितिका १२ सय बढी सदस्यको हस्ताक्षर भएको विचारलाई तपाईं माइनस गरेर जान पाउनुहुन्छ भन्दै प्रश्न गरे ”

उनले त्यसो भन्दै गर्दा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले शैलीगत प्रश्न गरेका थिए । घिमिरे बोल्दै गर्दा हिन्दुराज्यका मुद्दाका पक्षधर कँडेल पनि बोल्न थाले ।  घिमिरेले केन्द्रीय समितिमा गुन्डाशैली नचल्ने सबैका माग सम्बोधन हुनुपर्ने माग राखे। उनले भने “केन्द्रीय समितिमा बोल्ने तरिका यही हो ? यहाँ गुन्डागर्दी शैली देखाउने ? “यो बीपी कोइरालाले बनाएको पार्टी हो । त्यो समयमा पनि बीपीले कहिल्यै धर्मको विषय राजनीतिमा ल्याउनुभएको छैन । किसुनजी, गणेशमानजी र महेन्द्रनारायण निधिजी त धार्मिक हुनुहुन्थ्यो, उहाँहरूले पनि राजनीतिमा धर्म ल्याउने प्रयास कहिल्यै गर्नु भएन ।”

यसरी घिमिरेले बोल्दै गर्दा बैठकमा होहल्ला भयो । कोहिले भण्डारी र घिमिरेलाई साथ दिए भने कोहिले बिरोध । उनिहरुले एकलौटी निर्णय गर्न नहुने बताए ।

त्यसपछि विमलेन्द्र निधि उठेर बोल्न थालेका थिए । उनले महासमितिको बैठकबाहिर कसैले टेन्ट टाँगेर गरेको हस्ताक्षरको विषय पार्टीको आधिकारिक छलफलजसरी सम्बोधन हुन नसक्ने बताएपछि भने केन्द्रीय सदस्य भण्डारीले ‘तपाईं चुप लाग्नुस् भन्दै निधिलाई थर्काए ! भण्डारीले भने तपाईंलाई कसले यस विषयमा बोल्ने अधिकार दियो ?’

अब त झन निधि पनि उग्र भए । “तपाईं चुप लाग्नुस् ! चुप लाग्नुस् भनेको सुन्नुभएको छ कि छैन ?,” निधिले भनेका थिए, “यो होहल्ला गर्ने ठाउँ होइन । मैले के भन्दै छु, चित्त नबुझे प्रतिवाद गर्नुहोला ।”

अर्को तिरबाट हिन्दु मुद्दालाई कमजोर नआँक्न भन्दै केन्द्रीय सदस्य सीता देवकोटा पनि ठूलठूलो स्वरमा कराएकी थिइन् । बैठक केही बेर कोलाहलपूर्ण भएपछि सभापति शेरबहादुर देउवाले ‘ल, दुवै पक्षलाई धन्यवाद’ भनेका थिए । महामन्त्री थापाले त्यसपछि बैठकका निर्णयहरू लगातार प्रस्तुत गरे । अनि, बैठक सकिएको घोषणासहित सभापति देउवा बाहिरिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय सचिव ...

काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुन ...

सरकारले आज कास्य पदक ...

काठमाडौं । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। ...

टेक्सासमा कन्सुलर क ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले टेक्सासम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved