किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

  • भदौ २७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ कार्यक्रम शुरु गरेको छ। अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग ९यूएसएआईडी० को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रमको थालेको हो।

विशेषगरी विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीको पोषण स्थिति सुधार्न यो परियोजना शुरु गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन्।

यूएसएआईडीको ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयनमा आएको यो परियोजना ५ वर्षसम्म रहने बताइएको छ। नेपालका ७ प्रदेशका ४८ जिल्लाका सबै ४९८ स्थानीय तहहरूमा कार्यान्वयन हुने यो तेस्रो परियोजनाले बहु(क्षेत्रीय पोषण योजनाका लक्ष्य प्राप्त गर्न सरकारका तीनै तहसँग समन्वय गरी काम गर्ने बताइएको छ।

बिहीवार यो परियोजनाको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पछिल्लो दशकमा मातृ तथा बाल पोषण सुधारमा प्रगति भए पनि दिगो विकास लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेकाले यो परियोजना शुरु गरिएको बताए। उनले भने‚ ूयूएसएआईडी र नेपाल सरकारबीचको यो नयाँ सहकार्यले हामीलाई निरोगी पुस्ता बनाउने लक्ष्य प्राप्तिमा सघाउनेछ।ू

यूएसएआईडी एकीकृत पोषण परियोजनाले घरपरिवार तथा समुदाय स्तरमा स्वास्थ्य, पोषण र स्वच्छता अभ्यासहरू सुधार गर्न, स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर वृद्धि गर्न र पोषिलो तथा विविधतापूर्ण खानामा सिमान्तकृत समुदायको पहुँच बढाउन शासकीय सुधार गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग काम गर्नेछ। नेपालमा विस २०६९ देखि बहु(क्षेत्रीय पोषण योजना लागू भई कार्यान्वयन भइरहेको छ।

यता नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टले नेपालमा जन्मिएका ५ वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा एनिमियाको समस्या रहेको देखाएको थियो।

यतिमात्रै नभएर हाल नेपालमा रहेका १० देखि १९ वर्षमुनिका किशोरकिशोरीमा पनि पर्याप्त मात्रामा पोषण अभाव रहेको देखाएको छ। रिपोर्टले १० देखि १९ वर्षका किशोरकिशोरीमा २५ प्रतिशतमा उमेर अनुसारको तौल नभएको (दुब्लोपना) को समस्यासमेत देखाएको थियो।

किशोरकिशोरीमा पर्याप्त पोषण नभएको देखिएपछि मन्त्रालयले १० देखि १९ वर्षका किशोरीमा २५ प्रतिशतमा उमेरअनुसारको तौल नभएको र धेरैमा एनेमियाको पनि समस्या पाइएकाले हाल हरेक स्कुलमा किशोरीलाई फोलिक एसिड चक्की वितरण गरिन थालिएको छ।

गर्भवतीलाई पनि निस्शुल्क फोलिक एसिड चक्की दिने गरिएको छ। गर्भावस्थामा १४५ ट्याब्लेट फोलिक एसिड खानुपर्ने र यो सबै निस्शुल्क मन्त्रालयले उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ओमानसँग १ विकेटले पर ...

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ। क्यानडाको क ...

एमाले केन्द्रीय सचिव ...

काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठकमा दुईवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुन ...

सरकारले आज कास्य पदक ...

काठमाडौं । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved