चितवन १६ चैत : माडीको देबेन्द्रपुरस्थित सुकुम्बासी शिविरमा आज आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । माडी–७, देबेन्द्रपुरमा अस्थायी आवास निर्माण गरी बसिरहेका रामकुमार चेपाङकी ९ बर्षीय छोरी रोजिना चेपाङको जलेर मृत्यु भएको हो । घरमा बुबाआमा नभएको अवस्थामा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभएको छ । मृतकका बुवाआमा घरबाहिर रहेको अवस्थमा आगलागी भएको हो । चुल्होबाट निस्कीएको आगो हावाहुरीका कारण फैलदाँ घरभित्रै रहेकी बालिकाको जलेर ज्यान गएको हो । आगलागीको समयमा घरमै रहेका अन्य दुईजना बच्चाहरु भने सुरक्षित रहेका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved