१६ चैत,काठमाडौं । कोरोना भाईरस विरुद्धको अभियान थप प्रभावकारी बनाउन राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई सुझाव दिएको छ । अहिले सम्मको कोरोना विरुद्धको अभियान सफल बनाउन जनताले साथ दिएकोमा राजपाले धन्यवाद दिएको छ । राजपा अध्यक्ष मण्डलका अध्यक्ष शरतसिंह भण्डारीद्वारा आज जारी विग्यप्तीमा सरकारलाई ६ बुंदे सुझाव दिईएको हो । विज्ञप्तीमा भनिएको छ, सरकारद्वारा घोषित लक डाउनमा सुरक्षित र धैर्यताका साथ बस्नु भएकोमा सवै नेपाली जनतालाई धन्यवाद दिन चाहन्छौं र बाकी दिनहरु पनि यसैगरी जिम्मेवारी पुर्वक धैर्यताका साथ लक डाउनमा बस्नु हुनेछ भन्ने विश्वास गरेका छौं ।साथै केही सुझाव तथा अपील समेत गर्दछौं ।
यी हुन् राजपाका ६ सुझाव-
१-कोरोना भाइरसबाट जोगिन र क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन वडा स्तरमै सवै प्रकारको सेवा प्रवाह गर्न वातावरण बनाउनु पर्ने आवश्यक देखिएकोले यस कार्यलाई संचालन गर्न केन्द्र,प्रदेश र स्थानीय तहमा उच्च स्तरीय सर्वदलीय संयन्त्र तत्काल बनाउनु पर्दछ जसमा राजनीतिक दल,विशेषज्ञ स्वास्थकर्मी,सुरक्षाकर्मी,पत्रकार महसंघ,उद्योग वाणिज्य महासंघ,नागरिक समाज,सामाजिक संघ संस्था समेतलाई सहभागी गराउनु पर्दछ र नियमित वैठक तीनै तहका सरकारले गराउनु पर्दछ।
२-यो भाइरस बाहिरबाट सर्ने भएकोले खुला सिमानाका र विदेशबाट नेपाल आएका र आउने नेपालीहरुको वडा स्तरमै यकिन गरि क्वारेन्टाइनमा राखिनु पर्दछ।
३-।क्वारेन्टाइनमा र उपचारमा संलग्न स्वयंसेविका,स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा गाडीहरूलाई नियमित रुपमा स्यानिटाइज्ड गरिनु पर्दछ र त्यस कार्यको निम्ति सरकारले आवश्यक सामग्रीहरु तत्काल उपलब्ध गराउनु पर्दछ।
४- क्वारेन्टाइनलाई अझ व्यवस्थित बनाउन अत्यावश्यक उपभोग्य सामग्रीहरु वडा स्तरमै आम नागरिकहरुलाई उपलब्ध गराउने वातावरण बनाइनु पर्द्छ।यस्ले कालोवजारी जस्ता जघन्य अपराधलाई समेत रोक्न सकिनेछ।
५-अहिले मुख्य रुपमा आर्थिक रुपमा विपन्न , दलित,दैनिक ज्यालादारी गरि गुजारा गर्नेहरुलाई छाक टार्न गर्हो भएकोले वडा स्तरमै तीनीहरुको यकिन गरि अत्यावश्यक खाद्यान्न र राहतको व्यवस्था अविलम्ब गरिनु पर्दछ।
६-कोरोना भाइरस भीडभाडमा वढी सर्ने भएकोले ६० वर्ष भन्दा वढी उमेर भएका कैदी,५ /६ महिना मात्रै सजाय काट्न बाकी रहेका कैदी ,पुर्पक्षका लागि थुनामा रहेका थुनुवा ,राजनीतिक राजबन्दीहरु र सामान्य कसुरमा सजाय भोगिरहेका कैदीहरुलाई प्रक्रिया पूरा गरि तत्काल रिहाई गरिनु पर्दछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved