सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकालागि २५ लाख बिमा गर्ने सरकारको निर्णय

  • चैत्र १७, २०७६
  • कालापानी मिडिया
alt

१७ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र फोहोरमैला व्यवस्थापन गर्ने मजदुरको निशुल्क बीमा गर्ने भएको छ ।

सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयम सेविका, स्वयमसेवक तथा सरसफाईमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्येक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्तसम्मका लागि २५ लाख सम्मको निशुल्क बीमा गर्ने र त्यसबेला जीवन गुमाए उनका परिवारलाई राहत व्यवस्था गर्ने भएको छ ।

त्यसको साथै उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । सरकाले निजी स्वास्थ्य सेवा संस्थालाई आवश्यक स्वास्थ्य उपकरणको आपूर्तिको सुनिश्चित गरी आफ्ना सबै प्रकारका स्वास्थ्य सेवा सुचारु राख्न र आफ्ना सबै प्रकारको सेवा शुल्कमा चैत मसान्त सम्मको बिल बमोजिमको रकममा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन भनेको छ ।
यस्ता छन्र निर्णय
१- निजि विद्यालय शुल्क छुट ।२- घरभाडा छुट (अनुरोध) ।
३- दैनिक ज्यालादारी गर्ने मजदुर लाई राहत ।
४- विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने ।
५- मदिरा आयातमा रोक ।
६- सुनको आयतमा कटौती ।
७- महङ्गो गाडी आयतमा रोक ।
८- लकडाउन चैत्र २५ सम्म जारी ।
९- विद्युत महसुल र खाद्यान्नमा छुट ।
१०- स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा ।
११- ईन्टरनेट शुल्क २५ ५ कम ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved