१७ चैत, काठमाडौं । पाटन अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना भएका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्यु कोरोना भाइरस संक्रमणले हुनसक्ने आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । उनी बिरामी भएर आइतवार पाटन अस्पतालको आईसीयूमा भर्ना भएका थिए र उनको आइतबार राति नै मृत्यु भएको थियो । पाटन अस्पताल स्रोतका अनुसार उनको आईसीयूमै उपचारका क्रममा मृत्यु भएको हो । मृतक भारतीय सेनामा काम गर्दै आएको र उनी धादिङ खनियाबास गाउँपालिका भएको भन्ने बुझिएको छ ।
उनमा कोरोना संक्रमणको आशंका गर्दै नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved