१७ चैत, काठमाडौं । नेपाल प्रेस युनियनले संचार मााध्यम र संचारकर्मीका लागि तत्काल राहत उपलब्ध गराउने बिशेष प्याकेजको घोषणा गर्न सरकारको ध्यानआकर्षण गराएको छ ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार पे्रस विज्ञप्ति जारी गर्दै बिश्वभर फैलिएको कोरोना संक्रमण महामारीका बेला पनि आफ्नो ज्यानको बाजी थाप्दै जनतालाई सहि सुचना दिन तत्पर संचारकर्मी र संचारसंस्थाकालागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस संकटको घडिमा संचारकर्मीका लागि विशेष आर्थिक सहुलियतको योजना र राहत प्याकेजमा संचारसंस्थालाई नविकरण शुल्क र करमा छुट गर्न पनि प्रेस युनियनको माग छ ।
यसैगरी लकडाउनका बेला दैनिक फिल्डमा खटिने संचारकर्मीकालागि सुरक्षको व्यवस्था मिलाउन पनि बिज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।
यस दुखद घडिमा संचारकर्मीलाई पनि सहि सुचना जनता समक्ष पेस गर्न र आफ्नो सुुरक्षा गर्न समेत प्रेस युनियनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved