आरोहण साह
पर्सा १९ चैत : पर्सामा एकजना ब्यक्तीलाई कोरोनाको आशंकामा अस्पतलमा भर्ना गरिएको छ । ठोरी गाउँपालिका वडा नं. २ का ज्वरोका बिरामीलाई प्रहरीको सुरक्षामा नारायणी अस्पताल बिरगञ्जमा भर्ना गरिएको छ केही दिनअघि भारतबाट आएका ठोरी २ बाडा गाउँका ती व्यक्तिलाई कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षणहरु देखिन थालेपछि हिजो सांझ प्रहरीको सुरक्षा सहित बिरगंज ल्याइएको हो । ४/ ५ दिन अघिदेखि ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षणहरु देखिएपछि उनले आफैं उपचारका लागि बिरगञ्ज लैजान अनुरोध गरेका थिए । बिरामीलाइ कोरोनाको आशंका भएकोले एम्बुलेन्स पनि लगन नमाने पछि टिपरमा राखेर लाइएकोे छ । अहिले नारायणी अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved