१९ चैत, हेटौंडा । एम्बुलेन्सको ठक्करबाट एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मुत्यु हुनेमा इनरुवा ६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेकी छिन् ।
पूर्व–पश्चिम राजमार्गअन्र्तगत झुम्का बजार नजिकै को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया श्रेष्ठलाई को १ च ९६०५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
मधेशा स्वास्थ्य चौकीमा कार्यरत् उनी घरबाट कार्यालयका लागि निस्केकी थिइन् । ठक्कर दिने एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved