अधिवक्ता जगत जोशीको प्रश्न, खुला आकाशमुनी रात बिताइरहेका नागरिकको रक्षा गर्नु सरकारको कर्तव्य होइन ?

  • चैत्र १९, २०७६
  • कालापानी मिडिया
alt

भारतका विभिन्न शहरहरुमा जीविकोपार्जनका लागि ज्याला मज्दुरी गर्न गएका हजारौ नेपालीहरु सिमा क्षेत्रमा अलपत्र परेका छन् । उनिहरु एकातिर खाना र पानीको अभावमा छटपटाइ रहेका छन् भने, आर्कोतिर महामारिको बेला आफ्ना जहान, बच्चा,आफन्त र पृयजनहरुको सामिप्यता नपाइ कनै मरिने पो हो कि भन्ने दयनीय मनोबिज्ञानबाट गुज्री रहेका छन् । यस्तो अवस्थामा उनिहरुको रोग प्रतिरोधात्मक शक्ति कम भएर महामारी फैलिने थप सम्भावना रहेको छ ।

नेपालमा अलपत्र परेका बिदेशी नागरिकहरुलाई जहाज चार्टर गरेर सुरक्षित उनीहरुको देश तर्फ पठाउने दयालु सरकारलाई दार्चुला, कंचनपुर, लगायतका सिमा क्षेत्रमा भारतीय भूमिमा अलपत्र परेका आफ्ना नेपाली नागरिक प्रती खै किन यस्तो उपेक्षा ? के टुरिष्ट भिसामा घुम्न र मोजमस्ती गर्न नेपाल आएका हुनेखाने बिदेशीहरु प्रती मात्र जननिर्वाचित सरकारको दायित्व सीमीत हुन्छ ? के स्वदेशमा दुई छाक टार्न समस्या भएर भारतमा ज्याला मज्दुरी गर्न जानू नै भारतीय सिमानामा अलपत्र परेका नेपालीहरुको गल्ती हो ?
कामकाजमा लगाउने भारतीय रोजगारदाताले उताबाट स्वदेश जान भनेर निकाला गरि दिएपछि उनिहरु घर न घाटको अन्योल पुर्ण र दयनीय अवस्थामा खुला आकाश मुनि रात बिताइ रहेका छ्न । जसमा कैयौं महिला तथा नाबालक समेत रहेका छन् । नेपाल सरकारले स्वदेश छिर्न अनुमति नदिएपछि, दशगजामा खुला आकाश मुनि रात बिताउनु भन्दा महाकाली नदिमा हामफालेर जिउ ज्यानको बाजि थापेर नेपाल आफ्नो घर आउन खोज्दा दार्चुलामा सुरक्षा कर्मीले नदी किनार बाट नाङ्गो नेपाली नागरिक लाई घोक्र्याउदै लगेको तस्वीर भाइरल भएको छ । त्यो दर्दनाक तस्विरलाइ लुरु लुरु हेर्ने त्यहाँका राजनेता तथा मानवाधिकारबादी हरुलाइ सलाम छ भन्नू भन्दा अरु के भन्न सकिन्छ र ।

सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार राज्यबाट लक डाउनको आदेस हुनु स्वागत योग्य बिषय हो र यस्को सबैले इमान्दारी पुर्वक पालना गर्नु पर्छ । तर यो ऐन बमोजिम को आदेश जारी भएको अवस्थामा नागरिकका अन्य सबै अधिकार स्वत: निलम्बन हुने हुदैन । आफ्नो देशमा आफ्नो घर मा प्रवेश पाउने नागरिकको नैसर्गिक अधिकार हो । महामारीको समयमा आफ्ना नागरिकको जिउधनको रक्षा नै राज्यको पहिलो प्रार्थमिकता हुनुपर्छ । सङ्क्रामक रोग नियन्त्रण ऐनको प्रस्तावनाको भावना पनि त्यही नै हो ।

अत: त्यसरी अलपत्र परेका ब्यक्तिहरुलाइ नेपाली भएको प्रमाणको आधारमा , उनिहरुलाइ १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने अन्यथा कानुनी कारवाही हुने भन्ने कागज गराइ ,सुरक्षित नेपाल प्रबेश गराउनु नै उत्तम उपाय हो । कदाचित लामो समय सम्म खाना पानी नपाइ अलपत्र अवस्थमा रहदा कोरोना , झाडापखाला, डेङ्गु ल्गायतका महामारी फैलिइ उनिहरुको जिउ ज्यानमा कुनै समस्या आएमा अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो सन्देश जाने अवस्था देखिदैन । यस तर्फ भारत र नेपाल दुवै देशहरूले कुटनैतिक तवरबाट यथासक्य चाडो पहल गरि समस्याको समय मै समाधान खोज्नु नै बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved