सेवा नै जिवको चिर सहचर हो र सेवा गर्नु नै जिवको सनातन धर्म हो-पूर्णिका शाह

  • चैत्र १९, २०७६
  • कालापानी मिडिया
alt

पृय मान्यवर!
“प्यारा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु:-
संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दोषहरुबाट मुक्त बनाउन मद्दत पुर्याउँछ। भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो, सबैले खाए खाएनन् खोजी गरेर खुवाउनु संस्कृती हो, आफ्ना सदगुणहरु वृद्धि गर्न दोषहरु हटाउनु संस्कार हो।

जीवन स्थिर पोखरी होइन, जो सधै एकै ठाउँमा रहिरहोस,जीवन त गतिशील नदि हो। सुख दु:ख भएको जीवन नै जीवन हो, सुख दु:ख नै नभएको जीवन त विफल हो। दु:खको अनुभुती भएपछि नै त्यसलाई छाडेर सुखमय जिवनको इच्छा हुन्छ। जबसम्म मानिसमा आफ्नो कष्टप्रती जिज्ञासा उत्पन्न हुँदैन। जबसम्म उसलाई कष्ट भोग्नुभन्दा कष्टबाट मुक्त हुने उपाय खोज्नुमा अभुरुची जाग्दैन, तबसम्म त्यसलाइ पुर्ण मानवका रुपमा सम्झनु पनि हुँदैन।

आज हामीमा साझा समस्या छ, एउटा विग्रेको अर्कोले हेर्ने बेला छैन। सबैको हृदयमा एउटै उदेश्य हुनुपर्दछ, आज हामी हार खान सक्दैनौ, सबै मिलेर जित्नै परेको छ। हामी सबैलाइ थाहा छ सेवा नै जिवको चिर सहचर हो र सेवा गर्नु नै जिवको सनातन धर्म हो। आशक्ति रहित निष्काम भावले कर्मगर्नेलाई र असली आत्मावोधको स्थितिमा स्थिर भएकाहरुलाई यो साक्षात्कार सम्भव छ। नारी हाम्री जननी हुन र जननाको जहाँ आधार, सम्मान र पुजा हुन्छ देवताहरु पनि त्यहीँ रमाउँछन।

तर आज स्वयम देवताहरु देवलोकबाट धपाइएको, अशान्ती,अपराध र अमानुसिक क्रियाकलाप पराकाष्ठामा पुगेको सबैमाझ सर्ववितिदै छ। यस्तो अवस्था देखेर आफु भन्दा बढी जाल बुन्न सक्ने मानिस देखेर माकुरा स्वयम आश्चर्यमा पर्न सक्छ।नेपालको हित नै हामी सबैको हित हो, जसको निमित्त सबैबाट अनुशासन प्राप्त हुनु अत्यन्त आवश्यक छ। आज आफ्नो देशलाऊ त्यागेर आफ्नै देशलाई क्षति पुर्याउने कुचेष्टामा परेकाहरु पनि झस्केर सोच्ने स्थितिमा पुगेका छन।

यस्तो सुवर्ण अवसर गुमाउनु हामी सबै नेपालीको लागि मात्र नभै भावी नेपाली सन्तानको लागि समेत पछुताउनु शिवाय अरु हुन सक्तैन। यो हामी सबैको सामु स्पष्ट भएको पनि छ। यसमा कसैको दुई मत रहन सक्तैन। यसकारण हामी सबैले अब हाहामा लाग्ने, तर्सने वा हच्कने बेला छैन र अवश्य समयलाइ चिनेर समयको साथ मिहेनत गर्नु छ, उद्योग चलाउनु छ र प्रगती गर्नु परेको छ।

किनकी आजको समयमा केही व्यक्तिमात्र धनी भएर त्यो समाज सप्र्यो भन्न सकिन्न, केही ठाँउमा निर्माण हुँदैमा देश बन्यो भन्न सकिन्न र धर्मको नाममा आडम्बर मात्र हुन्छ भने मानिसलाइ छकाएर स्वर्ग पुग्छ भनेर भन्न गर्हो पर्दछ। आज हामी कसैले पनि आफू मात्र होइन नेपाल र नेपाली समाजको समान उत्थान र प्रगतिको महत्वलाई बुझ्नु पर्दछ र समान दृष्टिले सन्तुलन ल्याउँन सक्नु पर्दछ। किनभने हामी प्रत्येक प्राणी ईश्वर कै सन्तान हौ र आजको समाजमा कानुनी दृष्टिमा हामी सबै बराबर हुन्छौ, अनि मात्र देश हामी सबैको साझा हो भन्न सक्ने हुन्छौ।

अन्याय र अनाचारसँग सम्झौता गर्नु जस्तो अपराध अरु कुनै छैन भन्ने तथ्यलाई कसैले कदापी नविर्सनु, एवं प्रत्येक अन्याय र अनाचारसँग ठिक तरिकाले भिड्नु नै सर्वोत्तम धर्म हो भन्ने तथ्यलाई पनि सबैले सदा सम्झनु। आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्न कहिल्यै नविर्सनु। आचरण हराए संस्कार हाराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न भन्ने तथ्यलाइ कहिल्यै कसैले नकार्न सक्तैन।

मुलुकभरका नेपालीबाट आज म प्रती यस्तो सहृदयता देखाई देश र जनताको सेवा गर्ने एक मात्र लक्ष्य र उत्साहलाई प्रोत्साहित गरिएकोमा म अत्यन्तै खुसी छुँ र सम्बन्धित सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु! जुन देशमा जन्मेँ, हुर्के, त्यसै देशको माटो र नेपालीको भलाइमा नै मरिमेट्न पनि सकुँ यहि नै मेरो आरध्यदेव श्री पशुपतिनाथमा प्रार्थना छ।

आरध्यदेव श्रीपशुपतिनाथले सबैको कल्याण गरून्
जय जननी।
जय नेपाल।
जय होस सबको मंगल होस।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved