सिमानामा अलपत्र नागरिकको तुरुन्त उद्धार गर -जयन्त चन्द

  • चैत्र २०, २०७६
  • कालापानी मिडिया
alt

२० चैत, काठमाडौं । पूर्व मन्त्री तथा राप्रपा नेता जयन्त चन्दले भारतीय सिमानामा अलपत्र नेपालीको तत्काल उद्धार गर्न सरकार संग आग्रह गरेका छन् ।

बिहिबार हाम्रो कालापानी संगको कुराकानीमा नेता चन्दले भारतमा काम नभएपछि मालकिले निकालिदिने र हातमुख जोर्न समेत द्यौ द्यौ पर्ने वातावरण श्रजना भएपछि आफ्नै घर फर्कन खोजेका सुदूरपश्चिम र मध्यपश्चिमका जनतामाथी अन्याय भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

उनले भने, "यतिबेला कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाक सिमानाबाट नेपाल आउन खोज्ने सुदूरपश्चिम तथा मध्यपश्चिमका नागरिकहरुमाथी बिभेद भएको महसुस हालेको छ । कञ्चनपुर र दार्चुलाका नाकामा सयौ नेपाली नागरिक अलपत्र छन्, सरकार यो कुरामा बेखबर पनि छैन तर, सरकारले किन नसुनेको नदेखेको जस्तो गरेको हो ।,"

उनले अगाडी थपे, "कोरोना संन्क्रमण रोक्न नेपाल भारत सिमा बन्द गर्नु आबस्यक थियो, गरियो,ठिक छ। तर, आफ्नो घर फर्कन पाउने नागरिकको नैसर्गिक अधिकार हो र घर फर्कने चाँहनामा नेपालिहरु सिमानामा आएर रोकिनु यो भन्दा दुखदायी अरु के हुन्छ ? उनले भने सिमानामै स्वास्थ्य परिक्षण र अनिबार्य क्वारेन्टाईनको ब्यबस्था गरि उनिहरुलाई तुरुन्त आ आफ्नो घर सम्म पूग्ने बाताबारण मिलाउन सरकार संग आग्रह गर्दछु।"

यतिवेला सुदूरका नेपाल भारत सिमानामा भारतबाट नेपाल आउने नेपालीहरु खुला आकाशमुनि बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved