‘कबिर सिंह’ मा छैन विश्वास

  • आश्विन २५, २०७६
  • कालापानी मिडिया
alt

 झन्डै चार महिनाअघि रिलिज बलिउड फिल्म ‘कबिर सिंह’ ले तहल्का नै मच्चायो । घरेलु बक्सअफिसमा तीन सय करोड भारुभन्दा बढीको व्यापार गरेर व्यावसायिक सफल त बन्यो नै, धेरैभन्दा धेरै दर्शकले यसलाई हेरे । फिल्म हेरिसकेपछि दर्शक दुई भागमा बाँडिए । एकथरीले फिल्म अत्यधिक रुचाए भने अर्काथरीले शाहिद कपुर स्टारर फिल्मले नकारात्मकताको बढावा दिएको आरोप लगाउँदै फिल्म र निर्देशकको जमेरै विरोध पनि गरे । फिल्ममा कविर सिंह बनेका शाहिद एक युवतीको प्रेममा एकोहोरो लाग्छन् । युवतीलाई पाउनका लागि अनेकन हर्कत गर्छन् । नपाएपछि लागूऔषधको सहारा लिन्छन् । फिल्ममा शाहिदकै अभिनयलाई जति तारिफ गरियो उति नै विरोध कविर सिंहको हिंस्रक र झगडालु चरित्रलाई लिएर भयो । आरोप, प्रत्यारोप र तारिफले त फिल्मको व्यापारलाई त झन् बढावा दियो । बलिउडका अधिकांश सेलिब्रेटी पनि फिल्मलाई लिएर दुई खेमामा बाँडिए ।


करिना कपुरले सैफअलि खानसँग विवाह गर्नुअघि शाहिदकै प्रेममा थिइन् । दुईको लामो समयको प्रेम असफल भएपछि करिना खानतिर लागिन् भने शाहिदले पनि मीरा राजपूतसँग विवाह गरे । करिनालाई हालै कबिर सिंह र शाहिदको भूमिकाबारेमा प्रतिक्रिया दिन गरिएको आग्रहमा सुरुमा त उनले आफूले फिल्म नहेरेको भनेर पन्छिन खोजिन् । तर फिल्मका बारेमा यति धेरै चर्चा भयो कि, फिल्म नहेर्नेले पनि यसबारेमा पर्याप्त मेसो पाइसकेका छन् । यस्तोमा करिनाले उम्किन पाउने कुरै थिएन । त्यसमाथि पूर्वप्रेमीको विवादित फिल्मबारे बोल्न करै लाग्यो ।

‘मैले फिल्म त हेर्न पाएकी छैन । तर यसले कुनै असर पार्नेवाला छैन किनभने फिल्मले तीन सय करोडभन्दा बढी कमाइसकेको छ । ठीक ढंगले बनेको नहुँदो हो त यतिको सफलता सायद सम्भव थिएन,’ करिनाले भनेकी छन्,‘यदि मेरो व्यक्तिगत कुरा गर्ने हो भने, मलाई कबिर सिंहजस्तो चरित्रप्रति विश्वास छैन । किनभने म व्यक्तिगत रूपमा त्यस्तो खालको छैन ।’

करिनाले आफूलाई बचाउँदै फिल्मबारेको टिप्पणीमा भनेकी छन्, ‘र, अन्त्यमा त यो फिल्म हो भन्ने बुझ्न जरुरी छ । त्यसका लागि कलाकारले दिइएको भूमिका निर्वाह गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved