म मेरो देश नेपाललाई ज्यादै माया गर्दछु, आफु नेपाली भै जन्मिएकोमा गौरव गर्दछु- पूर्णिका शाह

  • चैत्र २३, २०७६
  • कालापानी मिडिया
alt

मेरो देशको नाम नेपाल हो । यो मेरो देश विश्वको सात महादेश मध्ये एसिया महादेशमा पर्दछ । एसियाका दुई ठुलो रास्ट्र भारत र चिनको बिचमा रहेको मेरो देश नेपाल रहेको छ ।

मेरो देश मेरो लागी गौरव हो किनकी यहाँ बार्हौ महिना बग्ने खोला नाला छन् भने शान्तिको चिह्न गौतम बुद्धको जन्मस्थल हो। साथैमा मेरो देश विश्वको शिखर सगरमाथाको देश हो । त्यसैले मेरो देशमा म धेरै गर्व गर्दछु । मेरो देश पुर्व देखि लिएर पश्चिमसम्म स्वतन्त्र छ । मेरो देश विश्वमै एक भूपरिवेष्ठित देशका रुपमा चिनिन्छ । मेरो देश विश्वका साना देशहरुमध्ये एउटा हो तापनि यसको नाम विश्वभरी नै फैलिएको छ ।

जल-सम्पदाका हिसाबले मेरो देश विश्वकै ब्राजिलपछी दोस्रो जलधनी देशका रुपमा चिनिन्छ । आफ्ना काखमारहेका असंख्य नदीनाला, हिमश्रीन्खालम,,वनजंगल जस्ता प्राकृतिक सम्पत्ति र पुराना जमानक सुन्दर कलाकृतिहरुले पनि भरिएको मेरो देश विश्वकै एक अनौठो र आफ्नै प्रकारका विशेषता भएको रमाइलो देश बन्न पुगेको छ । विश्वमा मेरो देश ूसगरमाथाको देश भनेर नामले समेत चिनिन्छ । त्यसैगरी विश्वकै कुनाकुनामा शान्तिको शन्देश छरी अमर बन्न पुगेका शान्तिका अग्रदुत गौतम बुद्ध पनि मेरो देशका बासिन्दा हुन् ।

पर्यटन स्थलका दृष्टिले पनि मेरो देशको ख्याति विश्वभरी फैलिएको छ । यहाका मनमोहक प्राकृतिक दृश्य हेर्न पाउँदा विदेशी पर्यटकहरुको मन निकै आनन्दित हुन्छ । अचेल नेपालीहरुले विदेशीहरुलाई पाहुना ठान्ने र आवश्यक सेवाशुल्क लिई उनिहरुको आदर(सत्कार गर्ने नयाँ चलन अंगालेका छन् तापनि नेपालीहरुका अरु निकै पुराना चालचलनहरु देख्दा मख्ख पर्ने विदेशी पर्यटकहरु नेपाल भ्रमणको मीठो सम्झना आफ्नो हृदयको झोलामा भरेर लैजान्छन् । यस्तो रमाइलो नेपाल हेर्न फेरि(फेरि नयाँ(नयाँ विदेशी पर्यटकहरु हरसाल नेपालमा आई नै रहन्छन् ।

अनेकौं मन्दिर, गुम्बा, स्तुपा, कलाकृति आदिले पनि मेरो देशलाई सिंगारेका छन् र विश्वमै चिनाएका छन्११ मेरो देशलाई मन्दिरै मन्दिरको देश पनि भनिन्छ ।पशुपतिनाथ मन्दिर, दत्तात्रेय, तलेजु भवानी मन्दिर कृष्णमण्डप, मनकामना मन्दिर आदि जस्ता मन्दिर र ति ठाउँक कलाकृति यहाँको शोभा बढाएका छन् । त्यसैगरी यहाँका वराह क्षेत्र,मुक्तिक्षेत्र र गोसाइँकुण्ड जस्ता ठाउँहरु पबित्र तीर्थस्थल मानिन्छ । त्यसैले यहाँका मानिसले तीथारटन लागि विदेशतिर गैरहनुपर्दैन, विभिन्न देविदेवताहरुका मन्दिर र तिर्थस्थल रहेको मेरो देश एक पुण्यभुमी हो ।

यस देशलाई सबैले आफ्नो साझा फूलबारी भनेका छन् र सबैले यसको हेरचाह पनि गरेकै छन् । यो हामी सबै नेपालीको प्यारो देश हो र यसलाई हामीले आफ्नो प्राणभन्दा प्यारो ठानेका छौं । यसको गौरव हामी सबैको गौरव हो । विश्वमा नेपाललाई चिन्नेले हामी नेपालीलाई पनि चिन्दछ । यस देशले आफुलाई विश्वमा चिनाउने सामर्थ्य पनि राखेको छ । त्यसैले म मेरो देश नेपाललाई ज्यादै माया गर्दछु र आफु नेपाली भै जन्मिएकोमा गौरव गर्दछु।

जय जननी
जय नेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved