बझाङवासीलाई लकडाउनले छोएन, चैतेलीमा सयौको उपस्थिति

  • चैत्र २४, २०७६
  • कालापानी मिडिया
alt

२४ चैत्र बझाङ, जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेला स्थानियहरु को भिड नै लागेको छ । सरकारले यही बैसाख ३ गतेसम्म लकडाउन घोषणा गरेर कुनै पनी कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआबश्यक भिडभाड गर्न रोक लगाएको छ । तर, बझाङको छविस पाथिभेरा गाँउपालिका वडा नं. ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको छ ।

बिश्वमा हामारीको रुपममा फैलीएको कोरोना भाईरसबाट संक्रमणहुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरेको हो । तर छबिसपाथिभेरा गाँउपालिकाका स्थानियले भने लकडाउन लाई उलङ्घन गरी सयौको भिडभाडमा आज बान्नीकी चैतली मेला मनाएका हुन् ।

यस बिषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यसपालिको चैतली मेलामा भिडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानियले अटेरी गरेर मेलामा गएको बताइन् । आफुहरुले गाँउपालिकाका बिभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनी चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनको भनाई छ ।

यसैविच प्रशिद्ध चैतली मेलामा तल्लो छबिस र मल्लो छबिस बिच भकुण्डो खेल्दा बिबाद भएपछी दुईजना घाईते समेत भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सोमबार सांझ करिब ५.३० बजेको समयमा दुबै पक्ष बिच ढुंगा हानाहान भएपछी घाईते दुबैको टाउको र निधारमा चोट लागेको छ । मेला स्थलमा प्रहरीको उपस्थिति नभएका कारण पनी ढुङ्गा हानाहान भएको स्थानियले बताएका छन् ।

यस अघि छबिस पाथिभेरा गाउपालीका उपाध्यक्ष राधिका रतालाले छबिस पाथिभेरामा कुनै मेला आयोजना नगरिएको बताएपनी ठुलो संख्यामा भकुण्डो खेलेको जानकारी प्राप्त भएको छ । त्यँहा रहेका प्रहरी निरिक्षक मदन धामीका अनुसार आफुहरु खतेडा लगाएताका गाँउका स्थानियलाई रोक्न खतेडामा रहेको समयमा केही युवाहरु बिच झडप भएको जानकारी प्रप्त भएको छ ।

यद्धपी कारण जे सुकै भएपनि यस्तो महामारीको बेला सबैले सरकारले लगाएको लकडाउनको पालना गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved