गुलामअलि,२४ चैत, कपिलवस्तु । कपिलवस्तुमा आईसुलेशनमा राखिएका बिरामीको मृत्यु भएको छ । सोमबार साझ ८ बजे कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचारार्थ राखिएका बिरामीको मृत्यु भएको हो।
कपिलवस्तु बिजयनगर गाउँपालिका- २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पाण्डेले बताए । बिरामीलाई कोरोना संक्रमण हुहन सक्ने आशंकामा स्वाब परिक्षणकालागि शिक्षण अस्पताल भैरहवा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved