सीमामा रोकिएका नेपालीलवारेन्टाइनमा राख्न सरकारलाई ५ बुदे आदेश

  • चैत्र २५, २०७६
  • कालापानी मिडिया
alt

२५ चैत, काठमाडौं । काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रोकिएका र नेपाल–भारत सीमामा रोकिएका नेपालीबारे सरकारलाई ५ बुँदे आदेश दिएको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले भारतीय सीमामा रहेका नेपालीलाई उनीहरुले चाहेमा नेपाल ल्याई क्वारेन्टाइनमाराख्न आदेश दिएको छ ।

अदालतको ५ बुँदे आदेश

१-विदेशमा खान बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपालीनागरिकलाई सम्बन्धित मुलुकसँग कुटनीतिक पहल वा माध्यमबाट समाधान गरी ल्याउन व्यवस्था गर्नुरगराउनु, तत्काल सम्भव नभए उनीहरुको उचित खान,स्वास्थ्य रबसाइको व्यवस्था मिलाउन आवश्यक पहल गर्नु ।

२- नेपालीहरु विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पुर्ण व्यक्तिहरुको नाम थर वतनसहितको अद्यावधि लगत राखेर मात्र नेपाल प्रवेश गराउने र उनीहरुलाईक्वारेनटाइनमा राख्नु ।

३- नेपाल भारतको सिमामा रहेका नेपालीहरुलाई उनीहरुले चाहेमा नेपाल ल्याई निश्चित समय क्वारेनटाइनमा राख्ने र त्यस्तो गर्न तत्काल सम्भव नभए भारतसरकारसँग सम्वन्वय गरी खान,बस्न र उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नु ।

४- क्वारेनटाइनमा रहेका व्यक्तिलाई ध्ज्इ को मापदण्डअनुसार स्वास्थ्य उपचारलगायतको सेवा प्रदान गर्नेगरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनु ।

५- विदेशमा रहेका नेपालीहरुको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणबाट कुनै समस्यामा भए सम्बन्धित देशसँग सम्वन्वय गरी नियमितबसाइ नियमित गर्ने व्यवस्था मिलाउनु ।

सँग सम्वन्वय गरी नियमितबसाइ नियमित गर्ने व्यवस्था मिलाउनु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved