२७ चैत, झापा । राहत वितरणका क्रममा विपन्न परिवारको तस्वीर लिएर गरीवको पहिचान झल्काउँदै सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्ने क्रम बढेको प्रति चर्को आलोचना आइरहेका बेला दक्षिणी झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाले भनेफरक तरिकाले राहत बितरण गरेको छ ।
दुई गाउँपालिकाले राहत वितरण गर्दा छुट्टै तरिका अपनाएका छन् । कचनकवल गाउँपालिका १ घेरावारीमा राहत वितरणका क्रममा जति जनालाई राहत सामग्री प्रदान गरिने हो त्यती नै संख्यामा छुट्टा छुट्टै राहत सामग्री तीन मिटरको दूरी कायम गर्दै राखिने र नाम वोलाएपछि राहत सामग्री लाने गरिएको छ । राहत पाउने व्यक्तिको टोल विकास संस्थाका पदाधिकारीले नाम वोलाएपछि राहत सामग्री लिने र हस्ताक्षरण गर्ने अभियान सञ्चालन गरिएको छ ।
उक्त कार्यप्रति प्रशंसा गर्दै संघीय सांसद राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा राहत वितरणको तरिका अरुलाई पनि काम लाग्न सक्छ भन्दै तस्बीर सहित पोष्ट गरेका छन् ।
उनले सामाजिक सञ्जालमै लेखेका छन् - सबै स्थानीय तहहरूलाई कचनकवल १को राहत वितरण तरिका काम लाग्छ की ?
● जति संख्यालाई वितरण गर्ने हो त्यतिनै संख्यामा अलगअलग स्थानमा राहत सामाग्री राख्ने ।
● टोल बिकास संस्थाका पदाधिकारीहरूले नाम बोलाएपछि सामाग्री बुझेको हस्ताक्षर गर्ने र आफैले एक भाग उठाएर लैजाने ।
● न फोटो, न दिने,न लिने ।
हुन पनि नेपालीको बाध्यता र एक नागरिकको अधिकार अनुरुप माहामारीको कारण आवस्यक सामाग्री बुझेको तस्वीर खिचेर सार्वजनिक गर्नु भने गरिबी र बाध्यताको खिल्ली उडाउनु नै हो । तसर्थ, यतिवेलाको बाध्यता र चाहना बुझेर कचनकवल गाउँपालिकाले अपनाएको तरीका नै सबैले अपनाए उपयुक्त होलाकी ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved