गृह मन्त्रालयको निर्देशन : सांसद प्रदीप यादव क्वारेन्टाइनमा

  • चैत्र २७, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज २७ चैत : गृह मन्त्रालयको पत्रले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राखिएको छ । भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्था बुझ्न भन्दै पुगेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादव सहित दुइ पत्रकारलाई क्वारेन्टाइनमा राखिएको छ । भारतको रक्सौल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसंग बुधबार भेटन गएका सांसद यादवलाई क्वारेन्टाइनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीले वताउनु भयो । सांसद यादव सहित उहाँसंग सिमापारी गएका २ जना पत्रकार र एक जना ड्राइभर गरी ४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको अधिकारी कार्कीले जानकारी गराउनु भयो । यस अघि भारतको क्वारेन्टाइन पुगेका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न माग समेत उठेको थियो । क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भेटेर आएपछि यादव सहित उहाँसंग गएका सबै जनालाई क्वारेन्टाइनमा राख्न चैतफी माग उठेको थियो । गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको थियो । बिहीबार बिहान गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेपछि अहिले सांसद यादव सहित तिन जनालाइ क्वारेन्टाइनमा राखिएको छ । भारतमा संक्रमण तीब्र देखिन सुरु भएताका नै ती नेपालीहरु नेपाल फर्किएका थिए तर लकडाउनका कारण उनीहरु सिमापारी नै रोकिए । भारतीय क्वारेन्टाइनमा रुकुमका १२ जना पुरुष, एक महिला र करिव एक वर्षका बच्चा रहेका छन् । समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा उनीहरुसंग भेटेर फर्किएका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको थियो । निर्देशन आये लगतै सांसद यादव सहित तिन जनालाई स्वास्थ्य जाच गरि सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved