लक डाउनका कारण संकटमा परेका परिवारलाई नर्सिङ ट्रेड कन्सर्न्सले गरे खाद्यान्न सहयोग

  • चैत्र २९, २०७६
  • कालापानी मिडिया
alt

वीरगंज २९ : लगातारको लक डाउनका कारण दैनिक ज्याला गरी जीवन गुजारा गर्ने परिवार संकटमा परेपछि वीरगंजको त्रिमुर्ती चोकमा रहेको पेट्रोनास मोबिलको प्रदेश नम्बर २ स्तरीय डिलर नर्सिङ ट्रेड कन्सर्न्सले खाद्यान्न सहयोग गरेको छ । ट्रेड कन्सर्नका सञ्चालक विजय सिंहले १५० परिवारलाई आज खाद्यान्न वितरण गर्नुभएको हो । वीरगंज महानगरपालिका वडा नम्बर ११, १२ र १३ का विपन्न र दैनिक मजदुरी गरी जीवन गुजारा गर्ने परिवारलाई सिंहको सहयोगमा राहत वितरण गरिएको हो । राहत वितरण गर्न ११ नम्बर वडाका प्रतिनिधि मुस्तकिम हवारी, युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिन, पवन ठाकुर, त्रिनेस गिरी, रुपेस सिंह, सावीर हवारी,जगु महत्तो लगायतको सहभागिता रहेको थियो । चामल, दाल, विस्कुट र चाउचाउ लगायतको दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved