धरातलीय यथार्थलाई आत्म स्विकार गर्दै मार्ग स्पष्ट पारौंं -पूर्व राजा ज्ञानेन्द्र

  • चैत्र ३०, २०७६
  • कालापानी मिडिया
alt

 ३० चैत,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश तथा विदेश रहनु भएका सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०७७को अवसरमा शुभकामना सन्देश दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह ले नयाँ वर्ष २०७७ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीको सु स्वास्थ्य दिर्घायुको कामना गरेका हुन् । साथै उनले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक धर्म विश्वकै सर्वश्रेष्ठ र वैज्ञानिक भएको दाबी समेत गरेका छन् ।

शाहको शुभकामना सन्देशमा भनिएको छ, "हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै आएको छ। सन्देशमा कोरोना भाइरसको महामारीबाट देशका विभिन्न भूभाग र विश्वका बिभिन्न देशमा रहि बसेका नेपालीहरु आक्रान्त, सन्त्रास र समस्यामा छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न हामी सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता सधै सुखी र खुसी रहुन एवं देशको शिर सधै सगरमाथाझै उच्च रहोस भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ, भनेर पनि भनिएको छ ।,"
यस्तै गरी, "आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्टर र नेपाली जनताप्रति पर्न सक्ने बिभिन्न समयका खतराहरु टार्न हामीले हर सम्भव प्रयास गरेको सर्वविदित नै छ । मानव स्वास्थ्यलाई एकै सताव्दिमा सबै भन्दा ठूलो खतरा सामना गर्नु परेको वेलामा नेपालीहरुले शान्त र सामुहिक रुपले राष्टव्यापी रक्षाको पर्खाल कार्यन्वयन गरेका छन् । तर विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतिहरुको सामना गर्न हामी विचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निशेध गरेर सोचेको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्विकार गर्दै राष्टिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौ भने इतिहासमा अर्को एउटा महाभुल हुने हामीले ठानेका छौ । जारी सन्देशमा उल्लेख छ ।,"

पूर्वराजा शाहले यही जगमा उभिएर देशको अवस्था बलियो बनाउने प्रतिवद्धता लिनसमेत सबैलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved