आरोहण शाह
वीरगञ्ज ३० चैत : वीरगन्जको एक मस्जिदमा रहेका तीन भारतीय नागरिकमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि छपकैया मस्जिद क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा त्रास फैलिएको छ । अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा बाँसले अवरोध गरी ‘प्रवेश निषेध’ लेखिएको बोर्ड झुन्ड्याएका छन् । वीरगञ्ज बहिरने भित्रने ठाउँमा प्रवेश निषेध गरेको छ । प्रहरी र एम्बुलेन्स गडि बाहेक सबै बन्द गरेको छ । वीरगन्ज महानगरपालिका – २ छपकैयास्थित श्रीराम हलअगाडि रहेको मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएपछि हाल नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । अहिले मस्जिद र अस्पताल वारिपारि आवातजावात समेत बन्द गरिएका छ । सुरक्षा पनि काडा गरिएको छ भने टोल टोलमा प्रहरीले घर बाट बहिर ननिसकु माइकिङ्ग गरिराहेका छन् ।
कोरोना संक्रमित फेला परेपछि त्यस क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न प्रदेश नम्बर २ सरकारले निर्देशन दिएको थियो । संक्रमण फैलिन नदिन वीरगञ्ज महानगरपालिका २ छपकैयालाई सिल गर्न तथा संक्रमितहरुको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश सरकारबाट निर्देशन दिएको थिए । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम, व्यवस्थापन र नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित सुरक्षा समितिको बैठकले संक्रमित उनीहरु बस्दै आएको वीरगञ्ज–२ छपकैयास्थित रहेको मस्जिदलाई सिल गर्ने निर्णय गरेको छ । बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैयास्थित मस्जिद लगायतको क्षेत्रलाई सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।
हेटौंडामा शुक्रबार प्रारम्भिक परीक्षण गरी उनीहरुको नमुना पुनः परीक्षणका लागि काठमाडौं पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको सम्पर्कमा रहेका २६ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज चिनी मिलस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved