१ बैसाख, काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस९कोभिड–१९०का कारण उद्गमस्थल चीनमा फेरि नयाँ संक्रमितको दरमा वृद्धि भएको छ। जुन पछिल्लो पाँच साताकै उच्च भनिएको छ।
बीबीसीका अनुसार चीन र रुससँग जोडिएको उत्तरी राज्य हेइलोंगजीयांगमा यो साता एक सय ८ नयाँमा कोरोना संक्रमण भएको छ।
यस्तै युरोपकै अर्को मुलुक फ्रान्समा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घन्टामा फ्रान्समा कोरोनाका कारण मात्र तीन सय १५ जनाको मृत्यु भएको छ।
फ्रान्समा हालसम्म कोरोनाका कारण १४ हजार चार सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ३३ हजारभन्दा बढी संक्रमित भएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved